महान फुटबलर पेलेको आत्मकथा : जुत्ता र लुगा नहुँदा कारबाही
कार्तिक १ गते, २०७३ सोमवार 17th October, 2016 Mon०८:५५:१६ मा प्रकाशित
विश्वका बेस्टसेलर पुस्तकमध्ये एक हो, ब्राजिलियन फुटबलर पेलेको आत्मकथा । सन् २००७ मा प्रकाशन भएको यो पुस्तक अहिले पनि नेपालमा सहजै पाइँदैन । उनले पुस्तकमा अनेक अनौठा र रोचक कुरा लेखेका छन् । त्यही पुस्तक ‘पेले’का केही प्रसंगलाई नयाँ पत्रिकाका श्रीलोचन राजोपध्यायले अनौपचारिक अनुवाद गरेका छन् –
[caption id=\"attachment_97030\" align=\"alignleft\" width=\"450\"] युवा अवस्थामा फुटबलर पेले[/caption]
मेरो पनि उपनाम छ
सबैजसो खेलाडी मात्र होइन, मानिसका पनि उपनाम हुन्छन् । मेरो पनि छ ‘निकनेम’ । तर, यो कुरा मलाई सुरुमा थाहा थिएन । धेरैपछि मात्र थाहा थिएँ । सान्तोसमा साथीहरू मलाई ‘गासोलिना’ भनी बोलाउँथे । सुरुमा गासोलिना भनेर कसलाई बोलाएको होला भनी बस्थेँ । र, त्यो नाम लिँदा म पछाडि फर्केर हेर्न गर्थें । अरे १ यो त म ९पेले०लाई पो बोलाएको रहेछ भनी थाहा पाएँ । काका जर्जले गासोलिना नाम राखेका थिए । ब्राजिलमा गासोलिना भनेको मुर्खहरूलाई जनाउँछ । म मूर्ख भएँ, त्यो अहिलेसम्म पनि पत्ता लागेको छैन । काकाले केही सोचेर नै राखेको हुनुपर्छ । सुरुमा मलाई जिटो उपनाम दिइएको थियो । काकालाई त्यो मन परेनछ । सान्तोसमा यो गोसोलिना प्रसिद्ध छ । अहिले पनि सान्तोसवरिपरि गोसोलिना को रु भन्दा पेले भन्ने गर्छन् । तर, सान्तोसमा म पेले नामले नै प्रसिद्ध छु ।
जुत्ता र लुगा नहुँदा कारबाही
सान्तोसको सुरुवाती दिनमा मसँगै केही थिएन । यद्यपि, खेल्नका राम्रो टी–सर्ट तथा जुत्ता पनि थिएन । एक औसत परिवारमा जन्मेका कारण मैले फुटबल खेल्दा आवश्यक पर्ने गुणस्तरीय सामान संकलन गर्न सकिनँ । ती दिन सम्झँदा अहिले पनि दुःखी र भावुक हुन्छ म । सान्तोसका प्रशिक्षक बाक्विन्होले स्पष्टसाथ भनेका थिए, स्तरीय जुत्ता र टी–सर्ट नहुने खेलाडी टिममा पर्दैनन् । एक दिन म जुत्ता र टी–सर्ट नभएकै कारण टिममा प्रतिबन्धमै परेको थिएँ ।
भुइँको पैसा आमालाई
सान्तोससँग आबद्ध हुँदा पनि पैसा थिएन । केही गर्न रुपैयाँ नै अति आवश्यक पर्छ । मानवीय जीवनमा धनसम्पत्तिले अति नै महत्व राख्छ । यो नै छैन भने संसार शून्य हुन्छ । जीवनमा मैले एकपटक अनौठो काम गरेको थिएँ । मलाई याद छ, बिएसी रंगशालामा एक फाइनल खेल थियो । त्यो खेलमा मैले नै विजयी गोल ठोकेको थिएँ । हामीले उपाधि जित्यौँ । अनि दर्शकदिर्घाबाट एकाएक पैसाको वर्षा भयो । खल्तीमा एक पैसा पनि नहुने व्यक्तिका लागि भुइँमा वर्षिरहेको सयौँ रकम अमूल्य थियो । मैले लाज नमानी सकेसम्म भुइँमा छरिएका सयौँ रकम टिपेँ । सकेसम्म खल्ती भर्ने कोसिस गरेँ । साँझमा ती सबै पैसा मैले आमालाई दिएँ । आमाले कहाँबाट यत्रो पैसा आएको भनेर सोध्दा मैले ‘खेल जितेपछि पुरस्कारस्वरूप पाएको’ जवाफ फर्काएँ ।
बुबाले उल्टै झुक्याए
सम्भवतः स्कुल जीवन हुनुपर्छ । स्कुलको कम्पाउन्ड भन्दा १५ यार्ड टाढा साथीहरूसँगै बसिरहेको थिएँ । उनीहरू मस्तले सिगार तानिरहेका थिए । म भने त्यो वातावरणमा उकुसमुकुस भइरहेको थिएँ । हप्तौँ सँगै बस्दा म पनि सिगारको धुवाँ उडाउने भइसकेको थिएँ । अझ रियोको सामुद्रिक किनारमा एक्लै बसेर सिगार तान्दाको आनन्द बिलकुलै फरक थियो । एक बाल्कोनीमा बसी निर्धक्कका साथ सिगारको धुवाँ उडाइरहेको थिएँ । दिउँसोको समयमा बुबा खासै घरमा हुँदैनथे । तर, त्यो दिन बुबा अचानक आइपुगे । बुबा आएर ‘के गरिरहेको रु’ भन्ने मात्र सोधे । मैले भनेँ, ‘बाल्कोनीमा चिसो हावा खाइरहेको हो बुबा ।’ मेरो जवाफसँगै बुबा मुसुमुसु हाँस्दै कोठाभित्र छिरे । बुबाको प्रतिक्रिया आउनुअघि यस्तो लागिरहेको थियो, ‘अब बर्वाद हुने भयो, बुबाले सबै थाहा पाउने भए र नराम्रोसँग कुटाइ खाने भइयो ।’ तर बुबाले केही थाहा नपाएजस्तो गरी भने, ‘छोरा सिगारको स्वाद कस्तो छ रु’ त्यो सुन्दा म झसंग भएँ । वास्तवमा मैले सिगार नियमित रूपमा तानिरहेको बुबालाई थाहा रहेछ । मैले बुबालाई झुक्याएको सम्झिएको थिएँ । तर, मलाई नै बुबाले उल्टो झुक्याए । बुबाको सुझाब अहिले पनि झलझली याद आइरहन्छ । ‘यदि भविष्यमा राम्रो फुटबलर बन्ने हो भने, छोरा जाँड, रक्सी, चुरोट आदि कुलतबाट टाढा रहनुपर्छ, यसको बानी प(यो भने शरीर बिग्रिन्छ, पेले एक महान् फुटबर बन्नुपर्छ, यसकारण नराम्रो बाटोतिर नलाग, सिगारमै आफ्नो अमूल्य जीवन नफ्याँक’ भनी जवाफ पनि बुबाले दिए ।
रेडलाइट क्षेत्रमा
युवा अवस्थामा साथीहरूसँग खुबै सिनेमा हेर्न गएँ । धेरैजसो साथीहरू गल्फ फ्रेन्ड्सका साथ हुन्थे । साथीहरूको करकापमा मात्र सिनेमा हेर्न जाने गरेको थिएँ । तर, महिलासँगै फिल्म हेर्न त्यति मन लाग्दैनथ्यो । बाध्यताबस जानुपथ्र्यो । कहिलेकाहीँ यस्तो पनि मनमा विचार आउँथ्यो, ‘संसारमा महिला साथी बनाइएन भने के होला रु युवा अवस्थामा म अलि हल्का लजालु स्वभावकै थिएँ । तर, मैले जीवनमा असम्भव काम गरेँ । त्यही स्कुलका साथीसँग म एक दिन रेडलाइट क्षेत्रमा घुम्न गएको थिएँ । १४ वर्षमै पहिलो सेक्स अनुभव गरेँ । अब यो अनुभव कस्तो भयो, त्यसको शब्द नै छैन । त्यो रेडलाइट क्षेत्रबाट बाहिर आएपछि साथीले मसँग सोधे, ‘यार कस्तो लाग्यो रु’ मैले भनेँ, ‘आई ह्याभ नो आइडिया ९यस बारेमा मसँग केही आइडिया नै छैन० । मनमनै मलाई अति नै आनन्द लागेको थियो । मैले सोचेको थिएँ, यस्तो स्थानमा बारम्बार आउँदा मेरो करिअर नै समाप्त हुनेछ र फुटबलर बन्ने लक्ष्य समाप्त हुनेछ । त्यसकारण यो नै मेरो पहिलो र अन्तिम रेड लाइट क्षेत्रमा गएको अनभुव हो । मैले आउँदा दिनमा यौनप्यास मेटाउन आफनो आत्मालाई नियन्त्रणमा राख्नुपर्छ । हामी मानवले आफ्नो मनलाई नियन्त्रणमा राख्न सकियो भने असम्भव कार्य पनि सफल हुन्छ । त्यसकारण एक क्षणको आनन्दमा समय सक्नुहुन्न भनी मनलाई हल्का पारेँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: