Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

टुबोर्ग फुटबल प्रतियोगिता सुरु

[caption id=\"attachment_97067\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] चितवन, १ कार्तिक । नारायणगढको क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२औँ संस्करण सुरु भएको छ । यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् । आज पहिलो दिन चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच खेल हुँदैछ । कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले बताउनुभयो । क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी हुँदैछन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् । त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइने चुकेले बताउनुभयो । त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending