Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मधेस र पहाडको पुल बन्दैछन्, निशाकुसुम र अभिषेक

\"marriage-750\" काठमाडौं, १ कात्तिक । दशैंअघि निर्वाचन आयोगकी आयुक्त इला शर्माको पूर्व निर्वाचन आयुक्त इला शर्मासँगको सम्बन्ध रहेको खबरले चर्चा पाएको थियो । निर्वाचन आयोगकी आयुक्त इला शर्माको भारतीय पूर्व निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह बन्धनमा बाँधिने पक्कापक्की नै भएको भारतीय पत्रिका ‘इण्डियन एक्सप्रेस’ले उल्लेख गरेको थियो । इला शर्माको कुरैसीसँगको विवाहको चर्चा यसकारणले चलेको थियो कि शर्मा ४९ वर्षीया र कुरैसी ६९ वर्षका छन् । तर उनीहरु वैवाहिक बन्धनमा नै बाँधिने कुरा भने शर्माले अस्वीकार गरेकी छन् । दशैं लगत्तै शितल निवासमा भएको अर्को सम्बन्धले चर्चा पाएको छ । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम पूर्व राष्ट्रपति डा.रामवरण यादवको नाती अभिषेक यादवसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । राष्ट्रपति परिवारमा गाँसिन लागेको यो सम्बन्धलाई वर्गीय हिसावले पनि तुलना गर्न सकिएला । तर निशाकुसुम र अभिषेक वर्गीय हैसियत मिलेकै कारणले विवाह बन्धनमा बाँधिन लागेका भने होइनन् । उनीहरुको प्रेम सम्बन्ध पुरानै भएको परिवारको दाबी छ । निशाकुसुम र अभिषेकबीचको प्रेम सम्बन्धको चर्चा चलिरहँदा आइतबार राष्ट्रपति भवन शितल निवासमै विवाहका लागि ‘इंगेजमेन्ट’ भइसकेको छ । आगामी माघमा विवाह गर्ने गरी राष्ट्रपति र पूर्व राष्ट्रपति परिवारले टिकाटालो गरेका हुन् । राष्ट्रपति कि छोरी र पूर्व राष्ट्रपतिको नातीबीच हुन लागेको विवाहले अर्को एउटा फरक महत्व बोकेको छ । भण्डारी पहाडी समुदायकी हुन् भने यादव मधेसी समुदायका । पहाडी र मधेसी एकै ठाउँमा मिलेर बसेपनि दुई अलग समुदाय भन्ने बुझाइ आम नेपालीमा छ । पछिल्लो समय उठेको मधेस आन्दोलनकै कारण मधेसी र पहाडीबीच झनै दुरी बढिरहँदा निशाकुसुम र अभिषेकबीचको सम्बन्धले पहाडी र मधेसीको सम्बन्ध प्रगाढ रहेको सन्देश पनि प्रवाह गर्नेछ । पहाडी र मधेसी समुदायबीच हुन लागेको यो विवाह पहिलो नै त होइन तर राष्ट्रपति परिवारमै गाँसिन लागेको यो सम्बन्धले नयाँ सन्देश दिने देखिन्छ । निशा राष्ट्रपति भण्डारीकी कान्छी छोरी हुन् भने अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखि नै सँगसँगै पढेका उनीहरुबीचको विवाहको प्रशंग भने दुई वर्षदेखि चलेको थियो । उनीहरु काठमाडौंको बुढानिलकण्ठ स्कुलकदेखि कै सहपाठी हुन् । इन्जिनियरिङ अध्ययन पूरा गरेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट उच्च शिक्षा लिएका छन् भने निशाकुसुम भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । आइतबार शितल निवासमा आयोजित ‘इंगेजमेन्ट कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नि राधिकासहित उपस्थित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending