कार्तिक २० गते, २०७२ शुक्रवार 6th November, 2015 Fri१०:४३:४३ मा प्रकाशित
काठमाडौं । संविधान निर्माण प्रक्रियामा आफुलाई नटेरेको आरोपमा नेपालमाथि अघोषित नाकाबन्दी लगाइरहेको भारतले एकिकृत नेकपा माओवादी र अध्यक्ष प्रचण्डमाथि बदला लिने रणनीति बनाएको छ ।
नेपालमा भारतविरोधी भावना जागृत हुनुमा एमाओवादी अध्यक्ष प्रचण्डको मुख्य भुमिका रहेको भारतले पछिल्लोपटक नेपालको राजनीतिमा पनि प्रचण्डकै कारण भारतीय भूमिका घटेको निष्कर्ष सहित उनीसँग बदला लिन थालेको छ ।
जेनेभामा जारी राष्टसंघीय मानवअधिकार परिषदको २३ औं विश्वव्यापी आवधिक समिक्षासत्रमा नेपालले भारतको नाम नलिईकनै नाकाबन्दीले मानविय संकट पैदा हुनसक्ने बताउँदै पारवहन सहजताको कुरा उठाएपछि भारतले नेपालको द्वान्दकालिन मुद्धा उठाएको हो ।
१० वर्ष जनयुद्द लडेको एमाओवादीलाई लक्षित गर्दै भारतले द्वन्दकालिन मुद्धा उठाएको हो । द्वन्दकालिन मुद्धामा आम माफि दिन लागेको भन्दै नदिनका लागि अन्तराष्ट्रिय मन्चमा भारतले पहिलोपटक कुरा उठाएको हो ।
यो घटनाबाट भारत एमाओवादी र मुख्यत एमाओवादीका अध्यक्ष प्रचण्डसँग बदला लिन खोजिरहेको बुझ्न कुनै कठिनाई हुँदैन । विना सन्दर्भ भारतले द्वन्दकालिन मुद्धा उठाउनुलाई कुटनीतिक क्षेत्रमा बदला लिने रणनीतिका रुपमा हेरिएको छ ।
प्रचण्डले भारतलाई अझै नटेरी द्वन्दकालिन मुद्धालाई अन्तराष्ट्रिय अदालतमा लैजाने रणनीतिमा भारत छ । यसरी प्रचण्डलाई गलाउने रणनीति भारतले अख्तियार गरेको देखिन्छ ।
यतिमात्र होइन भारत नेपालका उसका प्रतिनिधिमार्फत प्रचण्डलाई अख्तिायार लाउने रणनीतिमा समेत छ । अख्तियार प्रमुख लोकमान सिंहको नियुक्तिमा प्रमुख भुमिका खेलेको भारतले उनै लोकमानलाई आफ्ना प्रतिनिधि मार्फत संविधान निर्माण प्रक्रियाको अन्तिम अवस्थामा काठमाडौंको रानिवारीस्थित ओशो तपोवनमा भेटेर प्रचण्डलाई अख्तियार लाउन निर्देशन दिएको बुझिन्छ ।
लोकमानले संविधान निर्माण लगत्तै उनका अख्तियारका सहकर्मीहरुसँग यसबारेमा छलफल गरेका मात्रै थिएनन् पार्टी परित्याग गरेका बाबुराम भट्टराईसँग समेत छलफल गरेका थिए । सोही छलफललाई आधार मान्दै भट्टराईले नवलपरासि पुगेर प्रचण्डलाई अख्तियारले समात्ने उद्धघोष गरेका समेत थिए ।
पछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले लोकमानको यो कदमबारे थाहा पाएपछि ओलीले आफ्ना प्रतिनिधिमार्फत ‘भारतको गोटी बनेर कुनै अप्रिय कदम चाले राम्रो नहुने’ कार्कीलाई खबर पठाएका थिए । यसैगरी प्रचण्डले पनि आफ्ना विरुद्ध कुनै षड्यन्त्र गरिए ‘चुप नबस्ने र लड्ने’ चेतावनी दिएपछि कार्की पछि हटेको अख्तियार स्रोत बताउँछ ।
स्मरण रहोस, एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय नाकाबन्दी विरुद्ध खरो उत्रिएका नेपाली उच्च तहका नेता हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: