Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सेक्सपियरबाट सिक्नुस् सफल हुने सुत्र

\"\"बेलायती साहित्यकार विलियम सेक्सपियरको जन्म २६ अप्रिल १५६४ अर्थात् साढे चार सय वर्षअघि भएको थियो । तर, उनका थुप्रै कृति तथा नाटक आज पनि विश्वप्रसिद्ध छन् । १८ वर्षमै उनको विवाह भएको थियो । तर, विश्वप्रसिद्ध बन्नका लागि विवाह बाधक बनेन । मानिसमा ज्ञान बाँडिरहे । उनी अदभूत कल्पनाशक्ति भएका मानिस थिए । आज हामी उनै सेक्सपियरका केही महान् वाणी उद्धृत गर्दै छौँ, जो तपाईंको जीवनलाई पनि सुन्दर र सफल बनाउन महत्वपूर्ण साबित हुन सक्छ । एजेन्सीको सहयोगमा नयाँ पत्रिकाले तयार पारेको सामग्री । हामी सधैँ कसैलाई सुन्दर नाम दिन खोज्छौँ, र चाहन्छौँ, नामअनुसारको काम । तर, सेक्सपियरले यसलाई वाहियात ठानेका छन् । उनले भनेका छन्, ‘नाममा केही हुँदैन । तपाईंले गुलाबलाई कुनै अरू नाम दिनुस् । तर, उसको सौन्दर्य उस्तै रहन्छ ।’ यसर्थ, नामभन्दा पनि काममा जोड दिन आवश्यक छ । समाज बिस्तारै देखासिकीतर्फ उन्मुख छ । परिणाम मानिस आफैँलाई मारेर अगाडि बढ्न उद्धत हुन्छ । यस्तो देखासिकीका कारण नचाहँदानचाहँदै पनि उसले कैयौँ गल्ती गरिरहेको हुन्छ । तर, सेक्सपियरले त्यतिवेलै भनेका थिए, ‘यदि तपाईंको आत्माको भलो हुन्छ भने सम्झनुस् सबैको भलो हुन्छ ।’ हरेक मानिस सकेसम्म अरूसँग असल र बुद्धिमान् देखिन चाहन्छ, चाहे ऊभित्र जतिसुकै क्षमता होस् । सेक्सपियरले भने आममानवीय स्वभावबारे फरक धारणा राखेका छन् । जुन निकै मार्मिक छ । भन्छन्, ‘एक मूर्ख व्यक्ति आफूलाई बद्धिमान् सम्झन्छ । तर, एक बुद्धिमान् व्यक्ति आफूलाई मूर्ख सम्झन्छ ।’ सेक्सपियर निडरताका साथ आफ्नो काम अगाडि बढाउन सल्लाह दिन्छन् । उनले मानिसभित्रको डरलाई गम्भीर कमजोरीको रूपमा व्याख्या गरेका छन् । उनी भन्छन्, ‘डरपोक व्यक्ति मर्नुअघि कैयौँपटक मरिसकेको हुन्छ । तर, एक साहसी व्यक्तिले जीवनमा एकपटक मृत्युको स्वाद चाख्न पाउँछ ।’ कसलाई विश्वास गर्ने र कसलाई प्रेम गर्ने ? सधैँ द्विविधामा हुन्छौँ । यस विषयमा निकै सरल ढंगले गम्भीर कुरा भनेका छन् सेक्सपियरले, ‘तपाईं सबैलाई प्रेम गर्नुस् । तर, केहीलाई मात्र विश्वास गर्नुस् । कसैका लागि कहिल्यै गलत काम नगर्नुस् ।’ मानिसले कतिपय काम आवेगमा गर्छ, कति उत्साहमा । कति काम परिणामबारे बेवास्ता गरेरै गर्छ । अनि प्रायः मानिस बढी बोल्छन्, काम कम गर्छन् । तपाईंको पनि यस्तै व्यवहार छ भने सेक्सपियरको यो भनाइ पढ्नुस्, ‘जे गर्न सक्नुहुन्छ त्यही बोल्नुस् । तर, जे बोल्नुहुन्छ त्यही गर्नुस् ।’ विश्वमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन् । तर, निकै कम सिद्धान्त मात्र व्यवहारमा लागू छन् । सेक्सपियरका अनुसार विचार मात्र महत्वपूर्ण होइन । उनी भन्छन्, ‘तपाईं विचारमा जति महान् हुनुहुन्छ, काममा पनि त्यति नै महान् बन्नुस् ।’ धेरै ठाउँमा हामी आफूलाई कमजोर आँकेर सहभागी हुँदैनौँ । यस्तो गतिविधि कति भूल हो थाहा छ ? पढ्नुस् त सेक्सपियरको यो भनाइ, ‘जुन खेल तपाईं खेल्नुहुन्न नि, तब हार्नका लागि पनि सक्षम हुनुहुन्न।’ संसार प्रेमको भोको छ । हरेक मानिस प्रेम र प्रशंसा चाहन्छ । तर, प्रशंसा त्यति सस्तो नभएको सेक्सपियरको भनाइले देखाउँछ । उनले भनेका छन्, ‘आफूले प्रशंसा पाउने चाहना राख्नुहुन्छ भने अरूको पनि प्रशंसा गर्नुस् ।’ पछिल्लो समय मानिसको स्वार्थले आकाश चुमेको छ । यतिसम्म कि कसैको दरिद्रता हेरेर रमाउँछ । सेक्सपियरले भने सहयोगलाई निकै प्राथमिकता दिएका छन्, ‘मेरो मद्दत या उपहार समुद्रजस्तै अनन्त छ र प्रेम पनि । मैले तिमीलाई जति धेरै दिन सक्छु त्यति नै हामी दुईले पाउँछौँ ।’ जीवनमा केही घटना घटिहाल्यो भने हामी आत्तिन्छौँ, न्यास्रिन्छौँ, उदास हुन्छौँ र आफ्नो भाग्यलाई दोष दिएर पन्छिन्छौँ । तर, सेक्सपियर जीवनका घटनाक्रमलाई सामान्य रूपमा लिन सुझाउँछन्, ‘हाम्रो जीवनमा कुनै त्यस्तो राम्रो र नराम्रो भन्ने हुँदैन । त्यस्तो बनाउने त हाम्रो सोचले हो ।’ यद्यपि, उनले भाग्यबारे पनि बोलेका छन् । उनले मानिसको भाग्य स्वयंको हातमा हुने बताएका छन् । त्यसैले जीवनबाट ग्रहण गरेका सफलता र असफलताको भागीदार पनि स्वयं तपाईं नै हो । कसैले सानो गल्ती गर्दा पनि उसलाई नकारात्मक दृष्टिले हेर्ने धेरैको बानी हुन्छ । सेक्सपियरले त गल्तीलाई नै प्रश्रय दिएका छन् । भनेका छन् कि कुनै महान् काम गर्नका लागि केही गल्ती पनि गर्नुस् । यसो भन्दैमा जानी–जानी गल्ती गर्नुस् भन्नेचाहिँ होइन । ‘बुद्धिमान् व्यक्ति बिस्तारै–बिस्तारै अगाडि बढ्छ । जो लक्ष्यप्राप्तिका लागि हतारमा अघि बढ्छ, उसले गल्ती गर्छ र लडी मात्र रहन्छ,’ यो सेक्सपियरको भनाइ हो । जुन वाणीले धैर्य र मिहिनेतको पाठ सिकाउँछ । सेक्सपियरले प्रेम गर्न पनि सिकाएका छन् । किनकि, प्रेम पनि जीवनको महत्वपूर्ण पाटो हो । उनले भनेका छन्, ‘तपाईं कसैलाई प्रेम गर्न थाल्नहुन्छ । जब उसबाट तपाईंलाई दुःख मिल्छ, तब अझ बढी प्रेम गर्नुस् ।’ यद्यपि प्रेम अन्धो हुन्छ भनेर पनि उनैले भनेका हुन् । प्रायः मानिस अरूलाई कुराउन मजा मान्छन् । र, कुनै पनि भेट वा काममा निर्धारित समयभन्दा ढिला पुग्छन् । सेक्सपियरले भनेका छन्, ‘एक मिनेट ढिलो गर्नुभन्दा तीन घन्टा पहिला पुग्नु कैयौँ गुणा राम्रो हो ।’ यो वाक्यले मानिसलाई व्यक्तित्वको पनि पाठ सिकाउँछ । संसारमा धेरै कम मान्छे मात्र भेटिन्छन्, जसले अरूलाई इष्र्या नगरोस् । त्यही कम मान्छेहरूको सिको गर्न भन्छन् सेक्सपियर, ‘इष्र्यासँग सधैँ सावधान रहनुस् । किनकि त्यो राक्षस हो । उसले शरीरलाई तिरस्कार गर्छ र धोका दिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending