Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

अन्तरिम आदेशबाट ६१ अर्ब ‘प्रभावित’

\"\"काठमाडाैं । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वमा आएपछि सर्वोच्च अदालतबाट जारी गरिएका विभिन्न अन्तरिम आदेशहरूका कारण करिब ६१ अर्ब रुपैयाँ कर असुली ‘प्रभावित’ भएको देखिएको छ । यसबाहेक, त्यस्तै आदेशलाई आधार बनाएर साढे २३ अर्ब रुपैयाँ विदेशिएको छ भने राष्ट्र बैंकले चार वर्षदेखि रोक्का गरेको २ अर्ब २० करोड फुकुवा भएको छ  । आजको कान्तिपुरमा खबर छ-रिट क्षेत्राधिकारमार्फत सोझै सर्वोच्च प्रवेश गरेका सात व्यापारिक कम्पनीले तत्काल कर तिर्नु नपर्ने गरी ‘अन्तरिम आदेश’ पाएका हुन्। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार त्यस्तो आदेशका आधारमा एनसेल, निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रुअरी, सूर्य नेपाल, मल्ल होटल र नक्कली अन्त:शुल्क स्टिकर प्रयोगसँग सम्बन्धित विषयमा कर संकलन रोकिएको छ । उनीहरूबाट जम्मा ६१ अर्ब ९ करोड २९ लाख २५ हजार ४ सय ३ रुपैयाँ कर उठ्नुपर्ने थियो । नियमित प्रक्रियालाई अविश्वास गरी रिट उपचारमा जाने र तत्काल अन्तरिम आदेश दिने प्रवृत्तिले राजस्व संकलनमा समस्या निम्तिएको कर प्रशासकहरूको टिप्पणी छ । ‘अन्तरिम आदेशको व्यापक दुरुपयोग भएको छ । दुरुपयोग भयो भनेर मैले भनेको हैन, आदेशले गरेका काम, आदेश र कानुनले देखाएको कुरा हो,’ विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘यसले देशलाई टाट पल्टाउने काम भइरहेको छ ।’ प्रधानन्यायाधीश गोपाल पराजुली र उनी निकटका न्यायाधीशहरूबाट अन्तरिम आदेशको दुरुपयोग भइरहेको कार्कीको दाबी छ । ‘प्रधानन्यायाधीशले आफूले भनेअनुसारको आदेश दिँदैनन् भनेर नजिकका केहीबाहेक अरू न्यायाधीशलाई महत्त्वपूर्ण मुद्दा हेर्नसमेत दिने गरेका छैनन्,’ उनले थपे । आन्तरिक राजस्व विभागका अनुसार कर निर्धारण भएर एनसेलबाट करिब ४५ अर्ब रुपैयाँ असुल्नुपर्ने छ । त्यस्तै एनसेल सञ्चालक निरजगोविन्द श्रेष्ठबाट १२ अर्ब ५८ करोड, एनसेलकै १०औं लगानीकर्ता सिनर्जी नेपालबाट २ अर्ब १९ करोड, गोर्खा ब्रुअरीबाट ५१ करोड, सूर्य नेपालबाट २५ करोड, मल्ल होटलबाट ८ करोड रुपैयाँ कर संकलन गर्नुपर्ने हो । तर अदालतको आदेशका कारण सबै कर संकलन रोकिएको छ । एनसेलमा लगानी गरिरहेको ब्रिटिस भर्जिन आइल्यान्सको रेनोल्ड होल्डिङ्सले अन्तरिम आदेश कार्यान्वयनका क्रममा २३ अर्ब ५१ करोड रुपैयाँ रकम विदेश लगिसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनका क्रममा रहेका व्यापारी अजेयराज सुमार्गीको २ अर्ब २० करोड रुपैयाँ फुकुवा गरिसकिएको छ । यी सबै कम्पनीमाथि यसै वर्ष अन्तरिम आदेश जारी भएकाले मुद्दाहरू विचाराधीन अवस्थामा छन्, जसले गर्दा कर निर्धारण एवं असुली अनिश्चित बनेको छ । उल्लिखित आदेशहरू प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले टिप्पणी गरे । आयकर ऐन–२०५८ अनुसार कुनै करदातालाई कर निर्धारणमा चित्त नबुझे न्याय माग्न जाने दुई तहका संरचना छन् । ‘कर अधिकृतले कर निर्धारण गरिसकेपछि चित्त नबुझे आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनमा उजुरी गर्न पाइन्छ,’ खत्रीले भने, ‘त्यहाँबाट पनि न्याय नपाइए उच्च अदालतका न्यायाधीश संयोजक रहेको राजस्व न्यायाधिकरण जाने प्रक्रिया छ ।’ राजस्व न्यायाधिकरणको फैसलासमेत चित्त नबुझे सर्वोच्चमा जान अनुमति माग्ने कानुनी व्यवस्था छ । ‘तर, सोझै सर्वोच्चमा गएर रिट हाल्ने र त्यसमा आदेश दिने व्यवस्था कुन कानुनले दियो ?’ उनले प्रश्न गरे, ‘पछिल्लो समय सर्वोच्चका आदेशहरू कर कानुनका मान्य सिद्धान्तविपरीत छन् ।’ राजस्व प्रशासनसँग सम्बन्धित सबै संरचना र कानुनी उपचार अवरुद्ध गरेर अन्तरिम आदेश आइरहेको खत्रीको दाबी छ । ‘यति हुँदा पनि राजनीतिज्ञ बोल्दैनन्, कर प्रशासक पनि नबोल्ने, संसदीय समिति हानाथाप गर्ने,’ उनले भने, ‘टुलुटुलु हेरेर बसेपछि कसरी सुधार हुन्छ ?’ कर निर्धारण भइसकेपछि नियमित प्रक्रियाबाट कानुनी उपचारको बाटो हुँदाहुँदै कम्पनीहरू सोझै रिट निवेदन लिएर सर्वोच्च जान थालेका हुन् । सामान्यत: नियमित कानुनी उपचारको बाटो बन्द भएमात्रै रिट क्षेत्राधिकारमार्फत जान पाइने विधिशास्त्रीय मान्यता हो । तर पछिल्लो समय आयकर ऐन–२०५८ ले व्यवस्था गरेको प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधिकरणजस्ता कानुनी उपचारका संरचनालाई बेवास्ता गरी सोझै सर्वोच्च पुग्ने र अन्तरिम आदेश पाउने प्रवृत्ति बढेको छ ।रुपैयाँ कर असुल हुने सम्भावना कम हँदै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending