Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

फोरमसँगको सहमति माअोवादीको हातमा

\"\"काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारसँग गर्ने राजनीतिक सहमतिको मस्यौदाको अनुमोदन र सरकारमा सहभागी हुने पार्टीगत निर्णय गरे पनि वाम गठबन्धनसँग लिखित सहमति भने गरिसकेको छैन् । दुवै पक्षका नेताहरू बसेर लिखित सहमतिको मस्यौदा तयार पारे पनि त्यसलाई औपचारिकता दिन भने बाँकी छ । अाजको अन्नपूर्णमा खबर छ-फोरमले मंगलबारै सरकारसँग लिखित सहमति गर्न खोजे पनि एमाले स्थायी समिति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण सहमतिको मस्यौदामा हस्ताक्षर भने भएन । बुधबार वाम गठबन्धनले पहिले आन्तरिक छलफल गरेपछि सहमतिका लागि आफूहरूलाई बोलाइने सन्देश आएको बताउँदै फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले  भने, ‘त्यसपछि मात्र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।’ प्रधानमन्त्री ओली संविधान संशोधनप्रति सकारात्मक देखिएपछि राजनीतिक सहमति र सरकारमा जाने निर्णयमा पुगिएको फोरम उपाध्यक्ष युवराज कार्कीले बताए । ‘संविधानसभादेखि चुनावको अवधिसम्म प्रधानमन्त्री ओली संविधान संशोधनका विषयमा आफ्नै अडानमा हुनुहुन्थ्यो तर अहिले संशोधनका पक्षमा सकारात्मक देखिनुभएकाले सहमति बनेको हो,’ कार्कीले भने । वाम गठबन्धनसँगको सहमतिपछि संविधान संशोधनको ढोका खुल्ने उनको विश्वास छ। पार्टीभित्र निर्णय लिनुअघि फोरम अध्यक्ष यादवले कार्यसम्पादन समिति बैठकमा गठबन्धनसँग हुन लागेको लिखित र मौखिक सहमतिका विषयमा ब्रिफिङ गर्दै आवश्यक सुझाव दिन नेताहरूलाई आग्रह गरेका थिए। ‘संशोधन एवं राज्य पुनःसंरचनाका विषयमा ओलीजी सकारात्मक देखिनुभएको छ। लिखित रूपमा संशोधनका विषय समेटिने गरी आउँछन्, केही अलिखित सहमति पनि छन्, त्यो भनेको मन्त्रालय भागबन्डाका विषय हुन्, यसमा पनि गहिरो छलफल भएको छ,’ पदाधिकारी बैठकमा अध्यक्ष यादवले नेतालाई गरेको ब्रिफिङ उद्धृत गर्दै कार्कीले भने। उनले बैठकमा अध्यक्ष यावदको ब्रिफिङ सुनेपछि सरकारमा जाने निर्णय भएको बताए। ‘दुई पक्षबीच तयार पारिएको सहमति बुँदाको ड्राफ्टलाई बैठकले अनुमोदन गरेको छ। गठबन्धनसँग राजनीतिक सहमतिमा हस्ताक्षरसँगै सरकारमा जाने निर्णय पनि भएको छ,’ कार्कीले भने । फोरमसँग सहमति गर्नुअघि एमाले र माअोवादीको छलफल हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending