Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

फेसबुकबाट साथीलाई हटाएपछि ज्यान गयो !

\"\"काठमाडौं । एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। बालाजु फूलबारीमा अचेत अवस्थामा माघ २७ गते नालीमा फेला परेका सूचीकारको उपचारका क्रममा गत माघ २९ गते ट्रमा सेन्टरमा मृत्यु भएको थियो । तर, सूचीकारको परिवारबाट सोमबार मात्र सनाखत (पहिचान) भएको हो। अाजको अन्नपूर्णमा खबर छ-महानगरीय प्रहरी वृत्त बालालुले घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ गरेको छ। फेसबुक ग्रुपबाट हटाएको निउँमा सूचीकारलाई उनकै साथीले कुटपिटगरी हत्या गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी विश्वराज खड्काले दिए। गोंगबुस्थित गणेश हिमाल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सूचीकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तार्केश्वर नगरपालिका समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, विशाल पुतुवार, विक्की पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, नुवाकोटका आई सिंह तामाङ, सोलखुम्बुका राजन मगर र दोलखाका पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सूचीकार लगायतका साथीले ‘गुहेश्वरी’ नामको फेसबुक ग्रुप बनाएका थिए। वृत्तका प्रमुख डीएसपी खड्काले भने,‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा सूचीकारले आफूले बनाएको ग्रुपबाट साथीहलाई हटाएपछिको विवादमा उनीमाथि कुटपिट भएको र उनी अचेत भएपछि साथीहरु भागेको पाइएको छ।’ फेसबुक ग्रुपमै रहेकी एक युवतीले बोलाएपछि सूचीकार फूलबारी पुगेका थिए। पक्राउ परेकाले प्रहरीमा बयान दिए अनुसार सूचीकारले नसोधी ग्रुपबाट हटाएपछि उनीमाथि कुटपिट गरिएको थियो। सूचीकार अचेत भएपछि उनलाई नालीमा फालेर साथीहरु भागेका थिए। ‘सूचीकारको पहिला परिचय नै खुलेन। हामीले प्रहरीकै फेसबुक पेजमा समेत उनको फोटो राख्यौं। मृतकको आफन्त र परिचय नखुलेपछि शवको जाँच मुचुल्का गरेर फोरेन्सिक मेडिसिन विभाग टिचिङमा पोष्टमार्टम गरी शवघरमा सुरक्षित राखेका थियौं,’ डीएसपी खड्काले भने,‘ सोमबार मात्रै आमा (राधिका) छोरा हरायो भन्दै आएपछि शवको फोटो देखाएपछि कुमार छोरा भएको पुष्टि गरिन्।’ प्रहरीले सूचीकारले प्रयोग गर्ने मोबाईल र सीमकाट विक्की पुतुवारबाट फेला पारेपछि अनुसन्धान गरी थप व्यक्ति पक्राउ गरेको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending