Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

आन्तरिक स्रोतविनै बन्दै छ प्रदेशमा बजेट

\"\"काठमाडाैं । चालू आर्थिक वर्ष ०७४-७५ का लागि संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर प्रदेश सरकारहरूले बजेट बनाउने भएका छन् । चालू आवको संघीय बजेट आइसकेपछि गठन भएका प्रदेश सरकारहरूले बजेट नबनाएसम्म सञ्चित कोषमा गएको रकमसमेत खर्च गर्न नपाउने अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए । उनका अनुसार चैत महिनाभर सबै प्रदेशले चालू आवको बजेट बनाउने गरी काम सुरु गरिसकेका छन् । यस वर्ष आन्तरिक स्रोतविनै बजेट बन्दै छ । प्रदेशको आम्दानीतर्फ केवल संघीय सरकारबाट गएको समानीकरण अनुदान मात्र प्रदेश सरकारको स्रोतको रूपमा रहनेछ । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्र सरकारले प्रदेशमा प्रारम्भिक संरचना बनाउन ‘इस्टाबिलिस्टमेन्ट कस्ट’का रूपमा १ अर्ब ५ करोड रुपैयाँ निकासा गरेको थियो । सो रकम तत्कालीन सहरी विकास मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभागको खातामा पठाइएको हो । सरकारले तोकेका प्रदेशका अस्थायी राजधानीमा संरचना बनाउन यो रकम खर्च भएको छ । त्यसपछि अर्थ मन्त्रालयले हरेक प्रदेश सभा, प्रदेश मन्त्रालय र प्रदेश सचिवको खातामा जाने गरी कुल १ अर्ब १९ करोड रुपैयाँ निकासा गरेको छ । तत्काल आवश्यक पर्दा खर्च गर्ने गरी पठाइएको यो रकम समानीकरण अनुदानअन्तर्गतकै भएकाले विनियोजन ऐन बनिसकेपछि सोहीअनुसार खर्च समायोजन गर्नुपर्ने प्रावधान छ । प्रदेशले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्न सक्छ । तर, चालू आवमा भने उसको आम्दानीको स्रोत एउटा मात्र रहनेछ । आगामी आवको बजेटमा भने अन्य स्रोत पनि बजेटमा समेटिनेछन् । प्रदेश सरकारले १ असारमा बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । प्रदेश सरकारको बजेट निर्माण तथा त्यसपछिका प्रक्रियामा केन्द्र सरकारले सहजीकरण गर्दै छ । बजेट निर्माण, अर्थले विभिन्न निकायलाई दिने राय तथा सहमति, विनियोजन ऐन निर्माण र कार्यान्वयन, आर्थिक कार्यविधि निर्माणजस्ता व्यावहारिक विषयवस्तुलाई समेटेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने पोखरेलले जानकारी दिए । यसको तयारी भइरहेको उनको भनाइ छ । यसबाहेक बजेट दिग्दर्शन र नमुना कानुनसमेत निर्माण गरेर केन्द्रले प्रदेश सरकारहरूलाई सहजीकरण गरिरहेको उनले जानकारी दिए । कति गयो प्रदेशमा रकम ? प्रदेश सरकारहरूका लागि चालू आवको बजेटमा छुट्याइएको ७ अर्ब १४ करोड ३५ लाख रुपैयाँ समानीकरण अनुदानमध्ये अर्थ मन्त्रालयले पहिलो चरणमा १ अर्ब १९ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेश सभा, प्रदेश मन्त्रालय र प्रदेश सचिवको खातामा जाने गरी निकासा दिइएको हो । अब प्रदेश सरकारका लागि बजेटले दिएको रकममध्ये बाँकी रकम सञ्चित खाता खोलेर माग हुनासाथ तत्काल निकासा दिइने प्रवक्ता पोखरेलले जानकारी दिए । ‘अब थप रकम पठाउन समस्या हैन,’ उनले भने, ‘तर, बजेट नै नबनेको अवस्थामा प्रदेश सरकारहरूले रकम खर्च गर्न सक्दैनन् ।’ कसको खातामा कति निकासा ? -प्रदेश सभा : ७० करोड रुपैयाँ (प्रतिप्रदेश १० करोड रुपैयाँ) -प्रदेश मन्त्रालय : ३५ करोड रुपैयाँ (प्रतिप्रदेश ५ करोड रुपैयाँ) -प्रदेश सचिव : १४ करोड रुपैयाँ (प्रतिप्रदेश २ करोड रुपैयाँ) प्रदेश सञ्चित कोषमा हुने आय – राजस्व तथा आन्तरिक आय – राजस्व बाँडफाँड – नेपाल सरकारको अनुदान – स्थानीय अनुदान – व्यक्तिगत वा संस्थागत सहयोग -वैदेशिक सहयोग – अन्तरप्रदेश सहयोग -अन्य स्रोत प्रदेशमा राजस्व र व्ययको अनुमान – प्रदेशमा बजेट खर्च -अदालती फैसलाबमोजिम तिर्नुपर्ने दायित्व – ऋणको सावाँ तथा ब्याज -आकस्मिक कोष -बजेटमा समावेश क्रियाकलाप
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending