Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

महिला आत्मसम्मानको प्रश्न

\"\"अन्तर्राष्ट्रिय नारी दिवस सुरु भएको सय वर्ष बितिसक्दा आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्पर्धात्मक सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरजस्ता क्षेत्रमा आममहिला दिदीबहिनी आज पनि संघर्ष गरिरहेका छन् । गरिबी, सामाजिक पृष्ठभूमि, राजनीतिक पहुँच र प्रभावका हिसाबले महिलाका चुनौती झनै जटिल बनेका छन् । अाजको नयाँ पत्रिकामा रेखा थापा लेख्छिन्-बाहिर सतहमा हेर्दा महिलाका सवालमा समाज र राज्य प्रणाली सहिष्णु देखिए पनि साँचो अर्थमा महिलाले सम्मानपूर्ण जीवन प्राप्त गर्न अझ थुप्रै सवाल अधुरा र अनुत्तरित नै छन् । नेपाली महिलाका सन्दर्भमा व्यावहारिक र नीतिगत कैयन् सुधार र रूपान्तरणका काम अझै बाँकी छन् । मातृ मृत्युदर, महिलाको आर्थिक तथा सामाजिक हैसियत, पहिचान र प्रतिस्पर्धी क्षमता, निर्भरता र विविध प्रकारका हिंसा अन्त्य हुन बाँकी छ । सामाजिक नियमका विभिन्न आयाममा छोरी जन्मेदेखि नै विभेद र विषमता झेल्न बाध्य छन् । बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथालगायत कुरीतिका साथै समान प्रकारको विकास तथा अवसरबाट वञ्चित हुनुपरेको छ । समाजमा छोरी बन्ने बनाउने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन् । यही विद्यमान परम्परा सामाजिक संस्कार र मान्यताको दृष्टिबाट छोरी र महिलाको भविष्य अन्दाज गर्ने हो भने लाखाैँ छोरीको जीवन अहिले पनि सम्भावित जोखिमभित्रै छ । सामाजिक र राजनीतिक क्षेत्रमा परिवर्तनका कैयन् सवालमा महिलाको पक्षमा अनुकूल नीति तथा कार्यक्रम आए पनि गरिब र विपन्न महिलाका व्यावहारिक सवाल अनुत्तरित नै छन् । जीविकोपार्जन तथा रोजगारीका अवसर र महिलाको विद्यमान सीप क्षमता उपयोग हुन सकिरहेको छैन । अहिलेको आर्थिक मूलधारबाट आममहिला किनारा लागेका छन् । बहुसंख्यक महिलाको भूमिका परम्परागत निर्वाहमुखी कृषिबाहेक अन्य विकल्प छैनन् । आधा जनसंख्या ओगटेका महिलाको यो आर्थिक बहिस्करणले देशको अर्थतन्त्र एकपांग्रे मात्र भएको छ । सशक्तीकरणको बहसमा आममहिलाको जीवन र उनीहरूको अनुभव र चाहनाभन्दा पनि बौद्धिक बहस र प्रतिनिधिकेन्द्रित भएको पाइन्छ । महिलाको प्रतिनिधिमूलक सहभागिता र राजनीतिक अधिकारलाई प्रतिस्पर्धीभन्दा पनि आरक्षण र संरक्षणउन्मुख अभ्यास थालिएको छ । यसले महिलालाई पुरुषप्रधान राजनीति र शक्तिसँग आशा, अपेक्षा वा कृपाभावलाई प्रोत्साहित गरेको छ । यस प्रकारको संरक्षणमुखी र आरक्षण प्रणालीले महिलाको विद्यमान असमान हैसियतलाई झनै स्थापित गरेको छ । महिलाको परिचय र आत्मसम्मानको सवाल भनेको उनीहरू स्वयंले आर्जन गर्नुपर्ने विषय हो र यसका निम्ति राज्य तथा समाजले उनीहरूको प्रतिस्पर्धी क्षमता विकासको रणनीति बनाउनुपर्छ । उल्लिखित सवाल र चुनौतीका बाबजुद हामीसँग धेरै सम्भावना र नयाँ बाटा प्रशस्तै छन् । सामाजिक मात्र होइन, आर्थिक विकासमा नेपालले छिटै छलाङ मार्न सक्छ । त्यसका लागि आधा जनसंख्या महिलाको गुणस्तरीय क्षमता विकास, उत्पादनमा अवसर र सहभागिता, प्रतिस्पर्धी सामथ्र्य अनि राजनीति र निर्णय प्रक्रियामा आवश्यक दिगो रणनीति अपनाउनु जरुरी छ । आगामी पिँढीका छोरीहरूलाई हाम्रो परम्परागत सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक आन्दोलन जरुरी छ । आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र स्वाधीन र आत्मनिर्भर महिला बन्ने भएकाले असमान र विषम तथ्य परिवर्तन गर्न छोरी तथा महिला स्वयं नै जागरुक हुनुपर्छ । यसरी लडेर स्थापित गरिएको परिचयले मात्र एउटा आत्मसम्मानपूर्ण जीवन निर्माण हुन सक्छ । (कलाकार तथा निर्माता थापा छोरीका निम्ति स्वर्णीम नेपाल महाअभियानकी अभियन्ता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending