Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मोनो रेलको सम्भाव्यता अध्ययन सकियोः पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुर रुटमा चलाईने

\"\"काठमाडाैं । इमेक्सले इन्क प्रालिले काठमाडौं महानगरपालिकालाई मोनो (स्काई) रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । उपत्यकाका पाँचवटा रुटको अध्ययन गरेर उसले प्रतिवेदन बुझाएको हो । एक वर्षको नि:शुल्क अध्ययनपछि उसले महानगरलाई कानुनी तथा अन्य समस्या हटाएर बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृतिको लागि अनुरोध गरेको छ। ‘केही दिनभित्रै हामी डीपीआरको लागि स्वीकृति दिन्छौं’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब उपत्यकाको यो आवश्यकता भइसकेको छ।’ पाँच वटा रुटमध्ये पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुरमा रुटको विस्तृत अध्ययन तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन मौखिक सहमति दिइसकेको उनले जानकारी दिए। तिलगंगामा स्टेशन बनाएर तिनकुने, नयाँबानेश्वर, माइतीघर, सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, रविभवन, कलंकी र कीर्तिपुर पहिलो रुट हुनेछ। ‘अब सडक विस्तारका नाममा मान्छेका घर भत्काएर पुग्दैन, त्यसको विकल्पको रुपमा मोनो रेल उयुक्त हुन्छ’ उनले भने, ‘उपत्यकाको सवारी साधनको चाप र प्रदूषण न्युनीकरणका लागि पनि यो आवश्यक छ।’ दुई वर्षभित्र एयरपोर्ट–कीर्तिपुरसम्म मोनो रेल सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए। ‘सर्वसाधारणले ट्राफिक जाममा बस्नु पर्दैन’ मेयर शाक्यले भने, ‘लागतका हिसाब निकै कम मूल्यमा निर्माणमा हुन्छ।’ सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक देखिएको भन्दै उनले घनाबस्तीमा मेट्रो रेलभन्दा वातावरणमैत्री मोनो रेल गुडाउन सकिने दाबी गरे। यसको गति र क्षमता तुलनात्मक रूपमा मेट्रो रेलभन्दा कम हुन्छ। दुई ट्रयाकका साथै लिक नचाहिने र एउटै ट्रयाकमा गुडउन सकिने हुँदा यसलाई मोनो रेल भनिएको हो। तेर्सो रबरको पांग्राले ट्रयाकलाई दुवैतिरबाट जोडेको हुन्छ। विभिन्न्न स्थानमा गाडेका पिलर (मोनो बिम) ले ट्रयाकहरुसँग जोडेको हुन्छ। यसमा ७–८ वटा ‘बोगी’ (डिब्बा) रहेका हुन्छन्। तर, उपत्यकामा बाक्लो बस्तीका कारण ३–४ वटा डिव्वा रहने सम्भाव्यता अध्ययनमा देखाएको छ एउटा डिव्वामा २ सय यात्रु बस्न सक्ने छन्। मेट्रोभन्दा ८० गुणा कम लागत लाग्ने महानगरले जनाएको छ। साथै, निर्माणको अवधि मेट्रोभन्दा ३ गुणा कम लाग्छ। विद्युतबाट चल्ने भएकाले वायु र ध्वनि प्रदूषणको मात्रा न्युन हुन्छ। स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक हुन्छ। लिथियम आयोन फस्फेट ब्याट्री लाग्ने र एकपटक चार्ज भएपछि १० किमिसम्म रेल कुद्न सक्ने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। ‘६ हजार साइकल अथवा ६ हजारपटक चार्ज गर्न सक्ने आयु भएको ब्याट्री जडान गरिन्छ’ उनले भने, ‘एउटा ब्याट्री जडान गरेपछि २० वर्षसम्म पुग्छ।’ भूकम्पको जोखिमका साथै अत्यन्त भारी लगानीका कारण पनि मेट्रोभन्दा मोनो उपयुक्त भएको साइमेक्स इन्क प्रालिका बजार प्रमुख शशि श्रेष्ठले बताए। यसका लागि सानो सडक चाहिने हुँदा कमै स्थान र संरचना भत्काउनु पर्ने हुन्छ। सडकभन्दा ३ फिटमाथि मोनो रेल बनाउन लागिएको उनले बताए। थोरै दूरीमा पिलर ठडयाउनु पर्ने हुन्छ। काठमाडौं महानगरपालिकालाई केन्द्र बनाएर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अनुसार उपत्यकाका अन्य नगरपालिकासंग समन्वय गरेर चलाउन सकिने प्रवक्ता कार्कीले बनाए। ‘मेट्रो रेल भन्दा लागत ८० प्रतिशत कम छ। ८० देखि १ सय २० किमि प्रतिघण्टाको गतिमा कुद्छ’ उनले भने। सरकारले विद्युत उपलब्ध नगराए कम्पनी आफैले जुटाउने प्रवक्ता कार्कीले बताए। साइमेक्सले आवश्यक परे हङकङको बीवाईडी (बिल्ड योर ड्रिम्स) नामक कम्पनीबाट झिकाउने तयारी गरेको पनि उनले बताए। रिचार्जेवल ब्याट्रीलगायत वातावरणमैत्री इलेक्ट्रिक सामान उत्पादन गर्दै आएको बीवाईडीले विद्युतबाट चल्ने उपकरण उत्पादन गर्ने गरेको छ। यसले चीनको सेन्जेनमा स्काइ रेल गुडाइसकेको महानगरको दाबी छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending