Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

यी हुन् डीडीसीको दैनिक ६० हजारको दही चोर्नेहरू

\"\"काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। अाजको अन्नपूर्णमा खबर छ-डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ। स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए।
आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।
सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ। रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको गे्रड घटुवा गरिएको छ। डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो। दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौरमा कार्यरत कर्मचारी प्रेम पराजुली, वेद शर्मा, सुभास राई, बृषबहादुर भुजेल, अर्जुन पन्थी र छवीलाल आलेको ग्रेड घटुवा गर्ने सञ्चालक समितिले निर्णय गरेको छ। डीडीसीले पराजुलीबाट ३४ लाख, शर्माबाट १२ लाख १७ हजार, राईबाट आठ लाख १३ हजार, भुजेलबाट तीन लाख ६३ हजार, पन्थीबाट ११ लाख र आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ। कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दैआएका थिए। हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending