Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माक्रोंद्वारा ट्रम्पका नीतिलाई चुनौती

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्‌का दुवै सदनलाई एउटा विरल सम्बोधनका क्रममा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन् ।

सम्बोधनका क्रममा सांसदहरूबाट धेरै पटक सम्मान पाएका माक्रोंले उर्लंदो राष्ट्रवादले विश्वव्यापी समृद्धिको आशालाई चुनौती दिएको चेतावनी दिए । र, पृथक रहने नाममा अन्तर्राष्ट्रिय रूपमा सहभागिता नत्याग्न उनले आग्रह समेत गरे । ट्रम्पको आलोचना गरेको प्रष्ट बुझ्ने गरी माक्रोंले अहिलेका उद्योगहरूलाई बचाउँदा जलवायु परिवर्तन र प्रदूषणसँग जुझ्न विफल भएको बहाना बनाउन नमिल्ने बताए । उनले हरितगृह ग्यास उत्सर्जनलाई सीमित पार्ने प्यारिस सम्झौतामा अमेरिकामा फर्किनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । उनले थपे, यो ग्रहको अर्को विकल्प छैन । अहिलेसम्मकै न्यायो देखिएको आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राखे । सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान दर्शाएका थिए । उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको \'कहिल्यै नटुट्ने\' अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरे । माक्रोंले राष्ट्रपति ट्रम्पसँग एउटा सशक्त सम्बन्धको विकास गरेका छन् र ट्रम्पले सत्ता सम्हालेयता अमेरिकाको राजकीय भ्रमण गर्ने उनी पहिलो विदेशी नेता हुन् । तर फ्रान्सेली राष्ट्रपतिका टिप्पणीहरूले दुई नेताहरू सबै विषयमा एकमत नरहेको देखाउँछ । उनले थपे, \"हामी बृहत् समृद्धि हासिल गर्न विश्वले लिएको आशालाई उग्रराष्ट्रवादी गतिविधिका कारण धरमराउन दिँदैनौँ ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending