Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संसारका १० खतरनाक डन

७ असार । संगठित अपराधले विश्व नै आतंकित छ । यस्तो अपराधमा संलग्नहरु धेरैजसो चर्चाको शिखरमा हुन्छन् । जसलाई ‘डन’ को उपमा दिइएको हुन्छ ।  विश्वभर खुङ्खार ‘डन’ को परिचय बनाएका १० खतरनाक व्यक्तिहरु यस्ता छन् । \"1१. जाओक्विन गजम्यान (मेक्सिको) ५ फिट ६ इन्चका यी ड्रग माफिया फोब्र्सको ‘संसारकै अर्बपती’को सूचीमा समावेश छन् तर गुप्तचर निकायले उनलाई पक्राउ गर्न निकै कसरत गर्नु परिरहेको छ । मेक्सिकोमा अवस्थित सबैभन्दा शक्तिशाली लागुऔषध कम्पनीका उनी मालिक हुन् । उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानले मानिसहरु माझ उनलाई निकै प्रिय बनाएको छ । \"2२. दाउद इब्राहिम कस्कार (भारत) बलिउडको अन्डरवल्र्डबाट प्रभावित र ‘डि’ कम्पनीका मालिक दाउदले सन् १९८० ताका मुम्बई अपराधका ‘गडफादर’ मानिने करिम लालालाई हत्या गरेपछि अपराध युगको सुरुवात गरे ।  तत्कालै उनी बम्बईको सडकको ‘फायर मसिन’ भए । सन् १९९३ मार्चमा भएको मुम्बई बम हमलाले उनलाई अपराधको ‘बोस’ नै बनायो । पुलिसका छोरा उनी गुप्तचर निकायको लागि टाउको दुखाई बनेका छन् । \"3३. पेट्रो एन्टोनियो मरिन (कोलम्बिया) टोरोफिजो नामले समेत परिचित उनी माक्र्सवादी सिद्धान्तबाट प्रभावित एफएआरसी नामक आतंककारी संगठनका संस्थापक थिए । उनको यो संस्था लागुऔषध ओसारपसार, हत्या, अपहरणलगायत विभिन्न आपराधिक क्रियाकलापमा संलग्न छ । आफ्नै सैन्य शक्ति र हज्जारौंको समर्थनसँगै यो संस्थाको मुख्य लक्ष्य राजनीति, अर्थिक क्षेत्र र कोलम्बियाका सेना हुन् । \"4४. फेलिसियन काबुगा (रुवान्डा) रुवान्डाका प्रमुख बिजनेसम्यान र बहुअर्बपती काबुगालाई सन् १९९४ को रुवान्डा नरसंहारका प्रमुख आरोपी हुन् । उक्त नरसंहारले कम्तीमा पनि ८ लाख मानिसहरुको ज्यान लिएको थियो । \"5५. अलिम्झान तोख्ताखाउनोभ (रसिया) कुनै बेला निकै राम्रा फुटबल खेलाडी अलिम्झान बन्दुकको कारोबार सँगै आपराधिक संसारमा पाइला टेके  । निकै कम संख्यामा अपराधीहरु रहेको रसियामा उनी संगठित अपराध, हतियार तथा लागुऔषध ओसारपसारलगायत विभिन्न क्रियाकलापसहित उनले कुनै बेला आफूले आफैंलाई रसियाको ‘निकै सफल ब्यापारी, कलाको संरक्षक, सामाजिक सेवामा संलग्न’ मानिसको रुपमा आफूलाई प्रस्तुत गरेका थिए । \"6६. जोसेफ कोनी (युगान्डा) कोनीले सन् १९८७ मा बिद्रोही समूह ‘लर्ड रेसिस्टेन्ट आर्मी (एलआरए)’ गठन गरेका हुन् । महिलाको पहिरन लगाउन निकै रुचाउने उनमाथि ज्यान मार्ने, अपहरण, बलात्कारका निकै धेरै आपराधिक मुद्दा लागेका छन् । \"7७. मातिओ मेसिना डेनारो (इटाली) ‘मालिकका पनि मालिक’को रुपमा चिनिने यी ‘प्लेब्वाई डन’ निकै महंगा पोर्च, स्पोर्ट कार, रोलेक्स घडी, रेब्यानका सनग्लास, अरमानी र भर्सेसका लुगाका साथै राम्री युवतीहरु भनेपछि भुतुक्क हुन्छन् । माफिया परिवारमा जन्मिएका उनले १४ वर्षको कलिलो उमेरमा बन्दुक चलाउन सिकेका हुन् । \"8८. अल क्यापोन (अमेरिका) ‘पैसा खेल हो’ भन्ने सिद्धान्त अनुसरण गरी उनी सुरुमा एक सानो गिरोहमा संलग्न भए । पछि उनी संयक्त राज्यमा भएको आतंककारी हमलाका मुख्य योजनाकार भए । उनी जुवातास, वेश्यावृत्तिमार्फत आपराधिक क्रियाकलापमा संलग्न भएका हुन् । उनको बिस्फोटक स्वभावले उनलाई अमेरिकी आपराधिक दुनियाँमा मालिक बनाएको छ । \"9९. जेम्स ‘ह्वाइटी’ बल्गर ( अमेरिका) इतिहासका किताब र ‘एडल्फ हिटलर’लाई रुचाउने उनी सन् १९९५ देखि एफबीआइको ‘मस्ट वान्टेड’ सूचीमा छन् । सुरुवाती वर्षहरुमा उनलाई चोरी, लुटपाट, हातहतियार चोरेको आरोपमा पक्राउ गरिएको थियो । उनी ग्याङ्गस्टरको सम्बन्धका कारण चर्चामा छन् । \"10१०. ओमिड तहभिली (पर्सिया) इरानको आपराधिक संस्थाका शीर्ष व्यक्ति उनीमाथि मेल फ्रड, वायर फ्रड, टेलिमार्केटिङलगायतका मुद्दाहरु छन् । सन् २००७ मा गार्डलाई घुस ख्याएर उनी उच्च सुरक्षा रहेको जेलबाट भाग्न सफल भए । युरोप र मिडल इस्टमा राम्रो सम्बन्ध भएका उनी अझै पनि गुप्तचर एजेन्सीलाई छल्न सफल छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies