Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

रक्सीले मातेपछि मन्त्री रिजालको यस्तो छाडा गाली

\"minendra-rijal-560\"१६ असार काठमाडौं । ‘तिमी यो दुनियाँको सबभन्दा बेबकुफ ! तिम्रो त मुख पनि हेर्न मन थिएन । तर दुर्भाग्य आजै मुख हेर्नुपर्यो ।’ हुँदाहँदा ती अधबैंशेलाई मुखै छाडे, ‘तिमी के को आसमा त्यो ‘जाँ.....’ को तलुवा चाट्न पुग्यौ ?’ मध्येरात मदिराले झूम भएपछि सञ्चारमन्त्री मिनेन्द्र रिजालले यस्तो तमासा देखाएका हुन् धुलिखेलमा । सबको सामु उनको गालि खाँदै थिए,राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्मा । आजको जनआस्था साप्ताहिकमा खबर छ– धुलिखेल रिसोर्टमा केही साता अघि स्थानिय विकास मन्त्रालयले एउटा कार्यक्रमको आयोजना गरेको थियो, ‘संघीयतापछिको स्थानिय संरचना सम्बन्धी । विभागिय मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सञ्चारमन्त्री प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । उनीसँगै अतिथिका रुपमा एमाले मुख्य सचेतक अग्नि खरेल थिए । संघीयतापछि स्थानीय निकायको संरचना विषयमा मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र नेत्र भूर्तेलले कार्यपत्र पेश गरे । त्यही कार्यपत्रमा टिप्पणी गर्न अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा. शंकर शर्मासँगै डा. पीताम्बर शर्मा पनि निम्त्याइएका थिए । बिचरा पिताम्बरले राज्यको निम्तो मात्र खाएनन् जिम्मेवार मन्त्रीको मुखबाट ‘मा...मु...जाँ..’ जस्ता यहाँ लेख्न नमिल्ने शब्दको गाली पनि खाए । स्थानिय निकायको आगामि स्वरुप पहिचान युक्त हुनुपर्ने धारणा पीताम्बरले राखेका थिए । अर्थात मधेसीजनजाति सहित एमाओवादीहरुले उठाएकै एजेण्डालाई टेकेर उनले बोले । उनको कुरा सुनेर मञ्चमै मिनेन्द्रले मुख बिगार्न थालिसकेका थिए । कार्यक्रम सकिएपछि मिनेन्द्र बार छिर्न आनाकानी गर्दै थिए ‘जान हतार भन्दै’ । पछि चियामात्रै पिउँछु भन्दै बारतिर लागेका उनले अलिक कडै चिया पिए । आँखा रातोरातो हुन थालेपछि पीताम्बर तिर हरे । पीताम्बर चाँही मिनेन्द्रलाई उति मतलब नगरि बसेका थिए । केहीबेरमै मिनेन्द्र पिताम्बर नजिकै पुगे । शिष्टाचारको कुनै कुरा बोलेनन् एकैचोटी गालि गर्न थाले । मीनेन्द्रले मुख छोडेर बोलिरहे पीताम्बर सुनिरहे । वरिपरिका मानिसहरु छक्क परेर दृष्य हेर्दै थिए । तर पीताम्बरले केही जवाफ फार्काएनन् । ‘तिमी पहिले एमालेमा थियौ त्यहि ठस्क थियौ । तर बाबुरामको तलुवा चाटेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हत्याउन पुग्यौ, छिःछिःछि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending