Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कुन दलले के छोडे ?

\"sushil-kp-prachanda-bijaya\"२० असार काठमाडौं । नयाँ संविधानको प्रारम्भिक मस्यौदा आफ्नो राजनीतिक दर्शन अनुसार नभएको भन्दै प्रमुख तीनवटै दलभित्र असन्तुष्टी बढ्न थालेको छ । मस्यौंदामा उल्लेखित कतिपय शव्द र व्यवस्था पार्टीको विचार, सिद्धान्त र अडानविपरित भएको भन्दै प्रमुख तीन दलका नेतृत्वमाथि संझौतापरस्तको आरोप लाग्न थालेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ– प्रमुख राजनीतिक दलले आ९आफ्ना विचार र अडानबाट पछि हटेकै कारण जेठ २५ को मध्यरात १६ बूँदे राजनीतिक सहमति संभव भएको थियो । अहिले त्यसैको जगमा बनेको प्रारम्भिक मस्यौदालाई लिएर कांग्रेस, एमाले र एमाओवादीभित्रका दोस्रो पुस्ताका नेताहरुमा बढी असन्तुष्टी देखिएको छ । प्रमुख तीन दलमध्ये सबभन्दा असन्तुष्टी कांग्रेसभित्र देखिएको छ, त्यसपछि एमाओवादी र एमालेमा । तीन दिनदेखि चलेको कांग्रेस संसदीय दलको बैठकमा संविधानको प्रस्तावनामा बहुलबाद शव्द राख्न नसकेको भन्दै पार्टी नेतात्रय र मस्यौदा समितिका सभापति एवं महामन्त्री कृष्ण सिटौलाको तिव्र आलोचना छ । ‘बहुलबाद’ शव्द नराखेर प्रस्तावनामा ‘समाजवाद’ भन्ने शव्द राखिनुले पार्टी नेतृत्व कम्युनिष्टको ‘पुच्छर’ भएको भन्दै दलको बैठकमा सदस्यहरुले आक्रोश पोखेका थिए । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले ‘बहुलबाद’ कै लागि कांग्रेसले २००७ सालदेखि सघर्ष गर्दै आएको बताउँदै संविधानको प्रारम्भिक मस्यौंदा कम्यूनिष्टहरुले उठाएको विचारसंग नजिक रहेको बताए । ‘कुनै पनि संविधानको प्रस्तावना संविधानको मुटु हो । अहिले प्रस्तुत भएको संविधानको प्रस्तावना एकदमै निरश छ र कांग्रेसका कुनैपनि नेताले यो लेखेका होइनन’ कोइरालाले भने,‘नेपालमा कुनैपनि बेला कम्यूनिष्टहरुले दुई तिहाई ल्याए भने र निरंकुश प्रवृतिको व्यक्ति शासनमा आयो भयो भने मुलुक फेरी अधिनायकबादमा जाने निश्चित छ ।’ एमाओवादीको संसदीय दलको बैठकमा पनि सभासद्ले पार्टी नेतृत्व संझौता परस्त भएको भन्दै आलोचना गरेका थिए । संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाओवादीको संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले पार्टी नेतृत्व सम्झौतावादमा फसेको र विगतमा जनताका सामु गरिएको प्रतिबद्धता भुलेको भन्दै आपत्ति जनाएका थिए । एमाओवादीको मुख्य चासो संघीयतामा नै देखिन्छ । सिमाकंन र नाम विनाको संघीयतामा संझौता गरेको भन्दै एमाओवादी भित्र आलोचना बढी छ । शासकीय स्वरुपमा उसले पहिल्यै फरक मत सहित प्रकृयामा जानेमा सहमति जनाएको छ । शासकीय स्वरुपमा एमाओवादीको औपचारिक अडान राष्ट्रपति प्रणाली थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending