Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

मधेसी दलका पक्षमा भारतीय राजदूत रेको गतिविधि

\"rae\"२० असार, काठमाडौं ।भारतीय राजदूत रञ्जित रेले संविधानसभामा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदाबाट ‘मधेसवादी दललाई पर्न गएको मर्काबारे’ आफूले नेपाल सरकारसँग कुरा गर्ने आश्वासन दिएका छन् । मस्यौदाको विरोधमा आफूहरूले गर्न लागेको आन्दोलनमा सहयोग गर्न मधेस केन्द्रित दलले गरेको आग्रहमा भने राजदूत रे मौन बसे । आजको अन्नपूर्ण पोस्टमा खबर छ–काठमाडौंस्थित भारतीय दूतावासमा शुक्रबार अपराह्न पुगेका ६ वटा मधेस केन्द्रित दलका नेतासँग राजदूत रेले विगतमा नेपाल सरकार र मधेसवादी दलबीच भएको सम्झौताअनुकूल मस्यौदामा परिमार्जन गराउन आफूले पहल गर्ने बताएका थिए । आन्दोलनमा सघाउन मधेस केन्द्रित दलले गरेको आग्रहप्रति सहानुभूति राखे पनि रेले त्यसबारे कुनै जबाफ नदिएको स्रोतले बतायो । रेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधानसभामा प्रारम्भिक छलफल जारी रहेको संविधानको मस्यौदाबाट तपाईंहरूलाई परेको मर्का मैले बुझेको छु । यस विषयमा नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गरिनेछ । भारत सरकारलाई यसबारे जानकारी दिनेछु ।’ मधेस केन्द्रित दलले भारत सरकारको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारसँग सम्झौता गर्दा आफूहरूलाई लिन ‘नाइट भिजन हेलिकोप्टर’ सम्म प्रयोग भएको तर अहिले नागरिकता, संघीयता, प्रदेशको सीमांकनलगायत विषयमा अप्ठ्यारो पर्दा भारतको मौनताको उद्देश्य स्पष्ट गर्न राजदूत रेसँग आग्रह गरेका थिए । छलफलमा राजदूत रेसहित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन ९डीसीएम० र राजनीतिक प्रमुखसमेत थिए । तत्कालीन कोइराला सरकार र तीन मधेसवादी दलबीच २०६४ फागुन १६ गते आठबुँदे सम्झौता भएको थियो । सम्झौता गर्न अघिल्लो रात मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नाइट भिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । छलफलका क्रममा राजदूत रेले सबै पक्षलाई लिएर मस्यौदा ल्याउन र सहमतिको संविधान बनाउन आफूले पहल गरिरहेको जानकारी मधेसी नेताहरूलाई दिएको नेकपा (माओवादी० का संयोजक मातृका यादवले बताए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रेको भनाइ उद्धृत गर्दै भने, ‘प्रदेश, संघीयता, नागरिकतालगायत कतिपय विषय नमिलेको महसुस मैले पनि गरेको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending