Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

के गर्दै छन् पुराना चर्चित अभिनेता ?

\"film\"२० असार, काठमाडौं । फिल्म दुनियाँमा ‘इन्ट्री’ गर्न जति सजिलो छ, टिकिरहन भने उति नै गाह्रो छ । अझ त्यसमाथि नम्बर एकको दौडमा पुग्न त झनै ‘तपस्या’ गर्नुपर्छ । र, पुगिहालियो भने त्यसको साख जोगाउन अझ धेरै मिहिनेती, धैर्यवान्, संयमित र सामाजिक बन्नुपर्छ । तर, हामीकहाँ त्यस्ता स्टारको निकै कमी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– फिल्म संख्याका हिसाबले हिरोमध्ये राजेश हमाल एक नम्बरमा पर्छन् । तर, उनी स्वयं आफ्ना पाँच उत्कृष्ट फिल्मको नाम लिन सक्दैनन् । देउता र बसन्तीभन्दा अरू फिल्मको नाम लिन उनलाई हम्मे पर्छ । उनी अभिनीत फिल्मले औधी व्यापार गरेका त छैनन् नै, यो हाम्रो नेपाली फिल्म हो है भनेर अन्तर्राष्ट्रियस्तरमा देखाउनुपर्योा भने पनि हमालका फिल्म छनोटमा पर्दैनन् । तर, उनले २७ वर्षको अवधिमा झन्डै सवा तीन सय फिल्ममा अभिनय गरिसकेका छन् । तर, पछिल्लो समय उनी फिल्मविहीनकै अवस्थामा छन् । पहिला–पहिला अतिथि भूमिकामा राखेर भए पनि निर्माता, निर्देशक पोस्टरलगायतका प्रचार सामग्रीमा हमालको फोटो ठूलो बनाएर राख्थे । तर, अहिले परिस्थितिले कोल्टे फेरेको छ । हमाल प्रमुख भूमिकामा रहे पनि बाहिर लुकाइने गरिएको छ । उनलाई प्रचारमा ल्याउँदा हलमा दर्शक आउँदैनन् भन्ने निक्र्योल अहिलेका निर्माता, निर्देशकको छ । त्यसकारण मेरो जीवनसाथी, मुखौटालगायतका फिल्ममा हमाललाई पब्लिसिटीमा प्राथमिकता दिइएन । हमाल पनि यस्ता कुरामा टेन्सन मान्दैनन् । एकताका अभिनेता शिव श्रेष्ठ पनि निकै डिमान्डेड थिए । नेपाली मात्र नभई पाकिस्तानी फिल्ममा पनि आफूलाई एक्सन किङ हिरोका रूपमा स्थापित गराएका उनले पारिवारिक तनावका कारण आवेगमा आएर फिल्म अभिनयबाट सन्न्यास घोषणा गरे । त्यतिवेला उनको ठूल्दाइ फिल्म रिलिज हुँदैथ्यो । दर्शकले उनलाई सन्न्यास नलिन आग्रह गरेका थिए । तर, उनको सन्न्यास घोषणाले ठूल्दाइ फिल्मका निर्माता, निर्देशकका साथै उनी स्वयंलाई समेत निकै फाइदा गर्योउ । ठूल्दाइ सुपरहिट भयो । शिव आफ्नो अडानमा रहिरहन सकेनन् । केही समयपछि नै उनले सन्न्यास भंग गरे । त्यसपछि उनले नारायण पुरीको लक्ष्मणरेखा फिल्ममा अभिनय गरे । दर्शकले निकै वाहवाही गर्लान्, फिल्म सुपरहिट होला भन्ने ठानेका थिए शिव स्वयं र लक्ष्मणरेखा निर्माताले । तर, अपशोच † सोचेजस्तो भएन । अर्थात्, लक्ष्मणरेखा असफल भयो । त्यसपछि शिवले लगातार फिल्ममा अभिनय गर्दै गए । पछिल्लो समय उनले एक्सिडेन्ट नामक फिल्ममा अभिनय गरेका छन् । पहिलाजस्तो उनको क्रेज अहिले छैन । न फिल्म, न त बाहिर नै । उनलाई फिल्मी कार्यक्रममा हम्मेसी देख्न पाइँदैन । फिल्मभन्दा फेरिरहने गर्लफ्रेन्डका कारण भुवन केसी सधैँ चर्चामा रहने गर्दछन् । तर, उनी एउटा यस्ता अभिनेता हुन्, जसका अधिकांश फिल्म सुपरहिट छन् । कुसुमेरुमाल, साइनो, कन्यादान, चिनो, दक्षिणा, करोडपति, नेपाली बाबु, तँ त साह्रै बिग्रिस बद्री, म तिमीविना मरिहाल्छुलगायतका उनका फिल्मले व्यावसायिक रेकर्ड राखेका छन् । यस हिसाबले मूल्यांकन गर्दा भुवन नै नेपालको सुपरस्टार हिरो हुन् । तर, सधैँ नै जस्तो स्क्यान्डलमा आइरहने गरेकाले दर्शक तथा फिल्मकर्मीले उनलाई हल्का रूपमा लिने गरेको पाइन्छ । हाल उनी आफ्नै निर्देशन र निर्माणमा ड्रिम्स नामक फिल्म निर्देशन गरिरहेका छन् । एकताका निकै तानातान थियो रमेश उप्रेती, दिलीप रायमाझी, रमित ढुंगाना, अर्जुन कार्कीलगायतका हिरोको । तर, उनीहरूले आफूलाई ‘मेन्टेन’ गर्न सकेनन् । उमेरले चालीस टेकेका यी हिरोहरू अहिले उद्योगमा ओझेलमा छन् भन्दा फरक पर्दैन । केही वर्ष अमेरिका बसेर स्वदेश फर्किएका रमेश अहिले पनि अवसरकै खोजीमा छन् । केशव भट्टराईको ब्रास्लेट फिल्मबाट उनको ‘कमब्याक’ हुँदै छ । त्यसपछि उनको हातमा फिल्म परेको समाचार सुन्न पाइएको छैन । लभर र डान्सर हिरोका रूपमा कहलिएका दिलीप रायमाझीका जिन्दगानी, दर्पणछाया, आफ्नो मान्छेलगायतका फिल्म सुपरहिट भए । उनी रातारात स्टार बने । तर, ओर्लन समय नै लाग्दोरहेनछ । केही वर्षभित्रै उनका पनि फुर्सदका दिन सुरु भइहाले । फिल्म अभिनय पातलिँदै गएपछि निर्माणमा लागेका उनलाई त्यसमा पनि सन्तुष्टि छैन । यद्यपि, उनी सानो ब्यानरका फिल्महरूमा भने व्यस्त भई नै रहेका हुन्छन् । दिलीपसँगै ‘इन्ट्री’ मारेका एक्सन हिरो सुशील क्षेत्री पनि अचेल फुर्सदकै अवस्थामा छन् । आगोबाट उदाएका सुशील बीचमा केही वर्ष निकै व्यस्त भए । तर, उनी अभिनीत फिल्म लगातार असफल भएपछि ओझेल पर्दै गए । उनी पनि अभिनयमै सक्रिय छन् । उद्योगमा सुशीललाई निकै भलाद्मी, घमण्डरहित र सोझो हिरोका रूपमा बुझिने गरिन्छ । आफैँले निर्माण गरेको माया नमार फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका रमित ढुंगानाको पनि एकताका तानातान थियो । बीचमा उनले थुप्रै फिल्ममा अभिनय गरे । तर, कम मात्र सफल भए । काम हात पर्ने क्रम पातलिँदै गएपछि रमित अमेरिकातिर लागे । उनले निर्माण गरेको बुद्ध वाज बर्न इन नेपाल भने रिलिज हुन बाँकी छ । तर, हिरोका रूपमा उनको करिअर पुनस् उदाउने सम्भावना भने लगभग अन्त्य नै भएको भन्दा फरक नपर्ला । फाइटरबाट करिअर सुरु गरेका अर्जुन कार्की एक्सन मास्टरसमेत बने । तर, उनको रुचि अभिनयमा थियो । जसकारण एक्सन हिरोको अभाव पूरा गर्ने आशाले निर्माता, निर्देशकले अर्जुनलाई हिरो बनाए । एउटा फिल्म रिलिज नहँुदै उनी दिदीभाइ, धूम, कन्यादान, बजारलगायत डेढ दर्जन फिल्ममा हिरो बने । तर, अपशोच † उनका फिल्मले नाफामूलक व्यापार गरेनन् । फलस्वरूप अर्जुन नउदाउँदै अस्ताउनुपर्योी । सगरमाथा आरोहण गरेर भने उनले आफ्नो नाम ‘रोशन’ पारेका छन् । सुपरस्टार हुँदाहुँदै केही वर्ष अभिनयबाट ओझेल परेका निखिल उप्रेती फेरि उदाएका छन्– भैरव फिल्मबाट । ११ भदौमा रिलिज हुने भैरवले निखिललाई पुनस् एक्सन सुपरस्टार बनाउने आशा गरिएको छ । नेपालीमा चल्दै गर्दा भोजपुरीतिर हामफालेर त्यतै मग्न भएका अभिनेता हुन्– विराज भट्ट । केही समयअघि नेपाली फिल्ममा पुनस् प्रवेश गर्ने ध्येयले काठमाडौं आएका थिए उनी । तर, उनलाई ब्रेक मिलेन । विगत केही वर्षयता अभिनेताका रूपमा आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल र जीवन लुइँटेल चम्किएका छन् । यद्यपि, पछिल्लो समय यिनीहरूका अधिकांश फिल्मले नाफा कमाउन सकेका छैनन् । तर पनि अहिले यिनीहरू फिल्ममा निकै व्यस्त छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy