Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

हिन्दू राष्ट्र नभए धर्मयुद्ध हुने खुमबहादुरको चेतावनी

\"khum-bahadur-khadka-400\"२१ असार, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षता हटाएर सनातन हिन्दू राष्ट्र स्थापना नभए आफूहरू धार्मिक युद्धमा होमिने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकाम खबर छ सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक खड्काले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी सरकार र ठूला दलले मुलुकमा धार्मिक युद्ध चाहेको पनि आरोप लगाए । सनातन हिन्दू राष्ट्र कायम गर्न जस्तोसुकै बलिदान गर्न पनि आफू तयार रहेको उनको भनाइ थियो । ‘८० प्रतिशत जनता हिन्दू धर्म मान्ने भएको देशमा धर्मनिरपेक्षता हुनै सक्दैन,’ खड्काले भने, ‘धर्मनिरपेक्षता हटाएर सनातन हिन्दू राष्ट्र स्थापना नभए हामी धार्मिक युद्धमा होमिन्छौँ ।’ कांग्रेसले राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, समाजवाद बिर्संदै गएकोमा चिन्ता व्यक्त गर्दै खड्काले ९४ प्रतिशत ओमकार परिवार रहेको मुलुकमा धर्मनिरपेक्षता लाद्न खोज्नु जनमतको अपमान भएको दाबी गरे । खड्काले लोकतन्त्र र कानुनी राज्यको वकालत गर्दै आएको कांग्रेसले सर्वोच्च अदालतको आदेश नमानेकोमा आफू आश्चर्यमा परेको बताए । उनले कम्युनिस्टहरूको लहैलहैमा लागेर नेतृत्व तहमा बसेका नेताहरूले कांग्रेसलाई कम्युनिस्टहरूको पुच्छर बनाएको आरोप लगाए । धर्मनिरपेक्षताले धार्मिक द्वन्द्व हुने, सत्ता कम्युनिस्टको हातमा जाने र भविष्यमा देश पनि नरहने खड्काको दाबी थियो । पत्रकार सम्मेलनमा कांग्रेस नेताहरू लक्ष्मणप्रसाद घिमिरे, तारानाथ रानाभाट, शंकर भण्डारी, मोहन बस्नेत, पुष्पा भुसाल र देवप्रकाश त्रिपाठीलगायतको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending