Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विवादास्पद भनाईपछि प्रधानमन्त्रीले झिकाए गृहमन्त्रीको टेप

\"pmbam\"२१ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको विवादित भाषणको टेप मगाएका छन्। आजको नागरिक दैनिकमा खबर छ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको हौसला बढाउन सरकारले घोषणा गरेको पुरस्कार दिन आयोजित कार्यक्रममा विभागीय मन्त्रीले अनुसन्धानमाथि नै प्रश्न उठाएर खिन्न बनाएको सार्वजनिक भएपछि कोइरालाले सम्बोधनको टेप झिकाएका हुन्। मन्त्रिपरिषदको निर्णयअनुसार रानीबारी हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई सम्मान गर्न शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गौतमले प्रहरी अनुसन्धानमाथि आशंका गर्दै ुप्रहरी र अपराधीको साँठगाँठु हुने गरेको गम्भीर आरोप लगाएका थिए। मन्त्रिपरिषदले १२ वर्ष पुरानो रानीबारी हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल ठकुरी, डिएसपी भीम दाहाल तथा प्रहरी निरीक्षकद्वय दीपेन्द्र अधिकारी र महेश बस्नेतलाई नगदसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कार दिन आयोजित कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री गौतमले कामको प्रशंसाको साटो अनुसन्धानमाथि नै प्रश्न उठाउँदै संगठनको कडा आलोचना गरेका थिए। प्रहरी प्रधान कार्यालयको तथ्यांकमा २०७१–०७२ मा गत वर्षको तुलनामा २० प्रतिशतले अपराध घटेको देखिन्छ, तर गौतमले अपराध बढेको दाबी गरेका थिए। यही वर्ष सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या, रानीबारी हत्या र फादर ग्याफ्नेको हत्याजस्ता गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा प्रहरी सफल भएको थियो। तर, यी सबै उपलब्धिको अवज्ञा गर्दै गौतम संगठनको आलोचनामा केन्द्रित भएका थिए। उनले सम्मान कार्यक्रममा प्रहरीमा चेन अफ कमान्ड नभएको, आफूलाई स्यालुटसमेत गर्ने नगरेकाले प्रहरी कार्यालयको अनुगमनमा जानै डर लाग्ने दाबी गर्दै भनेका थिए, ‘यसअगाडि गृहमन्त्री हुँदा चौकीसम्मको अनुगमनमा जान्थेँ, अहिले जाँदा किन आएको भन्दै मलाई नै गलहत्याउलान् भन्ने डर लाग्छ, त्यसैले जान्नँ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending