Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बाबुरामकाे पार्टी फुटाउनेसम्मको धम्की !

२३ असार, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको सम्बन्धमा पुनः दरार आएको छ । आजको बुधबार साप्ताहिकमा खबर छ –संगठनको बलमा नसकेपछि घुर्की लगाएरै भए पनि पटकपटक प्रयोगमा ल्याइएका स्टन्ट पनि काम नलागेपछि नेता भट्टराईले फेरि आफू निकट नेता कार्यकर्ता भेला पारेर नेतृत्वमाथि प्रहार सुरु गरेका छन् । एमाओवादीका कार्यकर्ताहरुको मूल्यांकन अनुसार यी दुई नेताको सम्बन्ध ६ महिना अत्यन्तै राम्रो हुन्छ भने ६ महिना नराम्रो । नराम्रो पनि यस्तो हुन्छ की बाँकी ६ महिना पनि राम्रो होला की भन्ने सोच्न पनि सकिन्न । एमाओवादी स्रोतका अनुसार गत मंसिरयता दुई नेताको सम्बन्ध सुमधुर थियो । तर, असारको पहिलो हप्ताबाट पुनः सम्बन्धमा चिसोपना उत्पन्न भएको छ । अध्यक्ष प्रचण्ड बरु मौन छन् । तर, भट्टराईले घुमाउरो पाराले पार्टी फुटाउनेसम्मको धम्की दिएका छन् । तर, प्रचण्डले उक्त धम्कीलाई ‘नबर्सने मेघ गर्जन्छ’ भन्ने रुपमा मात्र लिएकोले उनी मौन बसेका हुन् । हुन पनि भट्टराईले धेरैपटक यस्ते घुर्की लगाइसके की कार्यकर्ताले पत्याउनै छाडिसकेका छन् । गत हप्ता छुट्टै कार्यकर्ता भेला गरेर भट्टराईले आफूनिकट कार्यकर्तालाई आवश्वासन दिंदै भने ‘संविधान निर्माण नहुन्जेलसम्म अस्थायी टहरामै बसौंला, त्यसपछि पक्क घर बनाउला ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending