Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाल जर्सीसँग पराजित भएसँगै विश्वकप यात्रा समाप्त

\"cricret_team_nepal\"२ साउन, काठमाडौँ । टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको लिगको अन्तिम खेलमा नेपाल जर्सीसँग सात विकेटले पराजित भएको छ । आजको हारले नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएबाट लगातार दोस्रो विश्वकप खेल्ने सपना पनि तुहिएको छ । आयरल्यान्डको डब्लिनमा टस हारेर व्याटिङ गरेको नेपालले आजको खेलमा पनि व्याटिङ सुधार्न सकेन । नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै जर्सीलाई १०५ रनको सामान्य लक्ष्य मात्र दिन सक्यो । जवाफी व्याटिङमा आएको जर्सीले १६.१ ओभरमै मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । उसका जोन्टी जेन्नर र पिटर गोउथले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि जितको आधार तयार पारे । जेनरले ३० रन तथा गोउथले २७ रन बनाए । कोर्नी बोडेस्टेइन र बेन स्टिभन्सले चौथो विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दा जर्सीको जित सहज भयो । कप्तान पारस तथा शक्ति गौचनले १÷१ विकेट लिए तर त्यो जीतका लागि पर्याप्त भएन । यसअघि आफ्नो ‘डेब्यु खेलमा सिद्धान्त लोहनीले धुरन्धार व्याटिङ गर्दै १६ बलमा २७ रन बनाएपछि नेपालले १०० रन कटाउन सकेको थियो । सातौं क्रममा क्रिजमा आएका २० वर्षीया सिद्धान्तले दुई छक्का र समान चौकाको मद्दतले नेपाली इनिङमा सर्वाधिक रन बनाए मात्र बनाएनन् उनले जर्सीका जेन्नरलाई पनि रनआउट गराए । चौथो ओभरमा टोलीको स्कोर ७ रन हुँदा तेस्रो स्थानमा मैदानमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल १४।५ ओभरसम्म टिकेपछि स्कोर ६१ रन पुर्याउन सफल भएका थिए । शरद भेषवाकरले १६ तथा कप्तान पारस खड्काले ११ रनको बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन समेत जोड्न सकेनन् । भलै आठौं क्रमका वसन्त रेग्मीले १ चौकाको मद्दतले ७ बलमा ७ रन बनाए । त्यस्तै सोमपाल कामीले अविजित ३ रन जोडे । नेपालका ओपनिङ व्याट्सम्यान विनोद भण्डारी १।५ ओभरमा टोलीको ६ रन हुँदा व्यक्तिगत तीन रनमा आउछ भए । अर्का ओपनर प्रदीप ऐरी दुई रन बनाउँदै पवेलियन फर्किए । पाचौँ क्रमका व्याट्सम्यान राजेश पुलामी मगरले चार रन मात्र बनाए भने करण केसी ० रनमा अविजित रहे । जर्सीका नाट वाट्किन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने एन्थोनी केइले २ विकेट झारे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies