Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जापानमा ‘माईनम्वर’ प्रणाली लागूभए पछी विद्यार्थी प्रभावित हुने

\"japan_flag\"जापान । जापान सरकारले आगामी अक्टोवर महिनाबाट सामाजिक सुरक्षा तथा कर  नम्वर प्रणालीबाट व्यक्तिगत विवरण आवधिक गर्ने जनाएको छ । नम्वरका आधारमा आयव्यय, कर, प्रशासनिक प्रकृया, वसाईसराई, स्वास्थ्य, रोजगारी लगायत आपतकालिन अवस्थामा सहयोग गर्न सहज हुने दावी गरिएको छ । जापान संसदले दुई वर्ष अघि नै पास गरेको सो नियम संसदमा लामो समयसम्म वहस गरिएको थियो । माई नम्वर नियमनले स्वदेशी तथा विदेशीहरुको व्यक्तिगत विवरण खुल्ने भन्दै विपक्षि पार्टीले संसदमा असहमति जारी गर्दै लामो बहस गरेका थिए । हालैबाट घोषणा गरेको नियमानुसार अबदेखि स्वदेशी तथा विदेशी सवैको हकमा नम्वर प्रणाली लागुभई १२ अंकको नम्वर प्रदान गर्ने छ । माई नम्वर सिस्टम नामाकरण गरिएको सो नयाँ नियमले हाल विदेशीको हकमा मात्र लागूहुदै आएको आवासिय पत्रलाई विस्थापित गरि फोटो सहितको कार्ड जारी गर्ने छ । उक्त कार्ड व्यक्ति, प्रशासनिक तथा व्यक्तिसंग सम्वन्ध राख्ने सम्वन्धित कारोवार कम्पनीलाई मात्र देखाउने वा पेश गर्ने कार्यमा प्रयोग गरिने जनाइएको छ । कुनै दोश्रो व्यक्तिले अर्काको नम्वर प्रयोग गरेको खण्डमा यसको जवाफदेही स्वयम नम्वर कार्डधारी व्यक्ति नै जवाफदेहि हुने नियम लगाईने जनाएको छ । कुनै दोश्रो व्यक्तिले अर्काको कार्ड नम्वरबाट प्रशासन वा जागिर खाएको खण्डमा भएको सम्पूर्ण जिम्मेवारी कार्डधारीको हुने दावी गरिएको छ । एक पटक नम्वर लिई सकेको व्यक्तिले जुनसुकै भिसामा जापानमा रहेपनि सोको विवरण तत्काल जानकारी लिन सकिने जनाएको छ । माइ नम्बर प्रणाली एकजना ब्यक्तीको एकपटक र कहिले परिवर्तन नहुने नम्बर हो । विदेशीहरुको हकमा यो प्रणाली केही अप्ठयारो तथा जटिल मानिने जनाइएको छ । जापानमा वकालत गर्दै आएका अधिवक्ता वलराम श्रेष्ठका अनुसार जापान सरकारको नियम विपरित काम गरेको, गैर कानुनी रुपमा धेरै कम्पनीहरुमा संलग्न रहेकाहरुलाई यसले तत्काल प्रभावपार्ने छ । यस्तै धेरै बैक खाता खोली नियम विपरित काम गर्नेहरुको हकमा पनि नम्वरका आधारमा खाता जारि हुने भएपछि सम्पूर्ण गैरकानुनी कामको तत्काल जानकारी हुनेछ । विदेशी नागरिक भई जापानी महिला वा पुरुषसंग विवाह गरि अन्यत्र वासोवास गर्ने वा अन्य काममा संलग्नहरुलाई तत्काल यसले रोक्न मद्धत गर्ने दावी गरिएको छ । यस्तै विदेशी विद्यार्थीहरुको हकमा पनि एक भन्दा वढी तथा २८ घण्टा भन्दा वढी काम गरेको विवरण तत्काल जानकारी लिन सक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies