NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

प्रधानमन्त्री देउवा भन्छन्– अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन्  कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।  

“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताए । उनले भने,  “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए । 

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिएको युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” उनले बताए  । 

गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए । 

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । उनले  तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो । 

तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिकाविरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताए । 

कार्यक्रममा गृहमन्त्री खाँण र खानेपानी तथा सरसफाइमन्त्री चौधरीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । 

यस्तै दलका पूर्वाध्यक्ष यादव, विनोदप्रकाश कायस्थ, उदयशमशेर राणालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तरुण दलको गीत रचना गरेका सञ्चारकर्मी एवम् साहित्यकार डा नवराज लम्साललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । 

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुन: विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

कोटेश्वर क्याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत चयन

काठमाडौँ। कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...

बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा

काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार, १०० औँ स्थानमा

काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्।  धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page