Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

सत्मार्ग र सत्कर्मले रेखा थापा खुशी अनि ......

\"Rekha\"१७ साउन, काठमाडौं । अभिनेत्री रेखा थापा अचेल बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’ फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी पिउँदिरहिछिन् । त्यसपछि सुरु हुन्छ उनको यात्रा । यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्, ‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ । नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् । ‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन मिलाएकी छु ।’ भूकम्पअघि उनले घरमै योगा टिचर राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर, भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन् । गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि नियमित रूपमा योगा र जिम गरेको उनले दाबी गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने, मलाई रामप्यारीका लागि अलिकति मोटाइ घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म ५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन अलि कम गर्ने इच्छा छ ।’ उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा खाने गर्छिन् । सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु, जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’ आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता कायम छ भन्ने लाग्छ ।’ रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’ कसरी निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’ आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ, कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी मेकअपविनै हिँड्ने गर्छिन् । ‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन । फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले प्रायस् गाजल लगाउने गरेको उनले बताइन् । राति भने उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन । अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने गरेकी छिन् । फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी पिउने बानी छैन रे उनको । ‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ, यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी भन्छिन् । आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मण सुवेदीले लेखेको खबरमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE