Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

गाउँपालिका कर्मचारी अभाव झेल्दै

रासस

भजनी । अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको  छ । अहिले पनि गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन् । वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए ।

ग्रामीण क्षेत्रमा कर्मचारीहरु जान भने मान्दैनन् । अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन् । सङ्घीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाइ हुँदै आएको छ । एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउनसमेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ ।
 
“कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ । अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ,” निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने,  “गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकाले पनि सेवाग्राहीले वडाबाटै हुने कामका लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।” उनले सङ्घीय र प्रदेश सरकारलाई पनि पटकपटक कर्मचारी व्यवस्थापनका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताएका छन् ।

त्यही क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताए । “कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन्,” भण्डारीले भने, “त्यस्तै परे एकदुई महिना बस्छन् । त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन ।”

प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा अहिलेसम्म दुईजना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भए पनि उनीहरु दुईचार महिनामै सरुवा भएर गएपछि २०७६ सालदेखि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ ।  “कर्मचारीका लागि हामिले निकै प्रयत्न गर्दै आएका छौँ । स्वास्थ्य र शिक्षा शाखामा कर्मचारीहरु व्यवस्थापन गर्न सकिए पनि प्रशासन तथा वडा कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन अझै हुनसकेको छैन,” गाउँपालिका अध्यक्ष झङ्करबहादुर साउँदले भने, “आएका कर्मचारीहरु पनि बस्न मान्दैनन् । भौगोलिक विकटताका कारण पनि हुनसक्छ, हामीले चार वर्ष गाउँपालिका निमित्तको भरमा चलाउनु परेको छ ।”

उनले जनतालाई गाउँगाउँमा सिंहदरबार आएको अनुभूति अझै हुन नसक्नुको मुख्य कारण मध्येको एक कर्मचारी अभाव पनि भएको बताउँदै सङ्घीय संरचनाअनुसार आधारभूत कुराहरूको व्यवस्थापनमा देखिएको उल्झनले पनि जनतामा निराशा देखिएको बताए । “अब वडा कार्यालयबाट हुने कामका लागि एउटा सेवाग्राही गाउँपालिका पुग्नुपर्छ भने त्यहाँ न्यायोचित हुँदैन । फेरि गाउँपालिकाले सबै कर्मचारी व्यवस्थापन गर्न त्यत्रो गाउँपालिकाको स्रोत पनि छैन,” गाउँपालिकाका अध्यक्ष साउँदले भने, “प्रदेश सरकारले लोकसेवाको विज्ञापन खोल्नै सकेको छैन । सङ्घीय सरकारसँग कर्मचारी माग गर्दा त्यसको सुनुवाइ नै हुँदैन । यस्तो अवस्थामा जनप्रतिनिधिहरुले मात्रै के गर्ने ?”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies