Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन: नेत्री कोइराला

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । 

गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उनले भनिन् । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

गोकर्णेश्वर नगरपालिका–८ का वडाध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले रेष्टुरेन्ट, ह्यान्डिक्राफ्ट, यातायातलगायत क्षेत्रमा बालश्रम अत्यधिक रहेको भन्दै यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कार्यक्रम सहायक अरविन्द लेखकले स्थानीय तहलाई बालश्रम मुक्त श्रेत्र निर्माण गर्न आइएलओले काम गर्दै आएको बताए् । नेपाल ह्यान्डिक्राफ्ट तथा सिलाइ बुनाइ सम्बध श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजालले ह्यान्डिक्राफ्टको क्षेत्रमा अत्यधिक बालश्रम रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending