Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

‘खेलकुदको महत्व बढ्दै गएको छ’

खबरडबली संवाददाता

गण्डकी । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उनले खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी गण्डकी विश्वविद्यालयको स्थापनासँगै नेपालमा नै पहिलोपटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाइएको बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रशिक्षकबिनाको खेलकुदको कल्पनासमेत गर्न नसकिने बताए । उनले आधुनिक खेलकुदमा मुढेबल लगाएर खेल जित्छु भन्नु केवल सपनामात्रै भएको बताए । दक्ष प्रशिक्षक तयार गर्नका लागि प्रदेश खेलकुद परिषद्को गठन भएसँगै प्रशिक्षण कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै उनले विद्यालयका खेलकुद शिक्षकलाई समेत यस्तै प्रकारको तालिम दिइने जानकारी दिए  ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम ढकाल, खेलाडी खड्गबहादुर रानाभाट, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, तालिम संयोजक कृष्ण तिमिल्सिना, प्रशिक्षार्थीद्वय लेखनाथ लम्साल र अरुणा शाहीले खेलकुदको विकासमा प्रशिक्षणको महत्वलगायत विषयमा आ–आफ्ना धारणा राखे । उनीहरुले पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

गत पुस ७ गतेदेखि सञ्चालित तालिममा नेपाली सेनाका अधिकृतसहित  नौ जिल्लाका ११३ जना सहभागी थिए । तालिममा विभिन्न २० खेलका प्रशिक्षार्थी सहभागी थिए । तालिममा खेलविज्ञ डा प्रकाश प्रधान, प्रा डा रामकृष्ण महर्जन, डा पदम खड्का, डा खड्गसिंह गुरुङ, पार्थसारथी सेन गुप्ता, इन्द्र गुरुङ, रीता प्रजापति, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा मनिषकुमार शाह र प्रा पशुपति अधिकारीले प्रशिक्षण दिएका थिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy