Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

भोलि देखि एसइई सुरु हुँदै, दृष्टिविहीन र बटुक विद्यार्थी पनि सहभागी

खबरडबली संवाददाता

गलकोट । कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो । उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।

“दृष्टिविहीन विद्यार्थीका लागि अभिभावकसहित आउन पाउने व्यवस्था मिलाएका छौँ, संस्कृत विषयका विद्यार्थीका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधिक धारका सबै विद्यार्थीको परीक्षा बागलुङ बजारमा एकमुष्ट हुनेछ, आगामी दिन गाउँमा समेत केन्द्र राखिने छ”, उनले भने, “परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मी र अनुगमनकर्ता खटाइएको छ, यस वर्ष ग्रेड वृद्धिका लागि ४८ विद्यार्थीका लागि तोकिएको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।”

उक्त परीक्षाका लागि जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सम्पन्न गर्न ३१ केन्द्राध्यक्ष, ३७ सहायक केन्द्राध्यक्ष, निरीक्षक २४५, परीक्षा सहायक ४९, कार्यालय सहायक ९८ र ४६५ सुरक्षाकर्मी खटाइएको छ । परीक्षामा जनता माध्यामिक विद्यालय नारायणस्थानका  दुई दृष्टिविहीन, मुक्तिनाथ वेद विद्याश्रमका  पाँच संस्कृततर्फका र प्राविधिक धारका १० विद्यालयका २५५ विद्यार्थी सहभागी हँुदैछन् ।

परीक्षालाई मर्यादित बनाउन परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, उक्त एकाइ  र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी सहभागी हुने भएका छन् । वैशाख २० गतेभित्रै एसइईको सबै परीक्षा सम्पन्न हुनेछ । जिल्लामा रहेका ३१ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी २७१ विद्यार्थी भानु माध्यामिक विद्यालय केन्द्र र सबैभन्दा थोरै ६३ विद्यार्थी फ्युचर ब्राइटर बोर्डिङ केन्दबाट  परीक्षा दिँदैछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies