Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

५० भन्दा बढी किसानलाई कृषि सामग्री वितरण

खबरडबली संवाददाता

रामपुर । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई  कृषिजन्य सामग्री सहयोग गरेको छ । ५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिइन्  ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएको ।  आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए  । 

कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।

रम्भामा निःशुल्क दुर्घटना बीमादेखि एकल पुरूषलाई भक्ता

जिल्लाको रम्भा गाउँपालिकाले निःशुल्क दुर्घटना बीमा र एकल पुरुषलाई भक्ता दिने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार ग्रहण गर्दै पालिकावासीको हितका लागि दुर्घटना बीमादेखि एक पुरुषलाई भक्ता दिने कार्यक्रम अगाडि बढाउने जानकारी दिए  । 

गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रु एक लाखसम्मको दुर्घटना बीमा गर्ने गरिने छ । दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको रु एक लाख वा मृत्यु भएमा घरपरिवार आफन्तलाई रु एक लाख रकम गाउँपालिकाले प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए  । 

गाउँपालिकाले निकालेको तथ्याङ्कअनुसार रम्भामा २५ हजार ९९० जनसङ्ख्या रहेको छ । उनीहरु सबैको दुर्घटना बीमा हुनेछ । यसअघि पनि गाउँपालिका भित्रका विद्यार्थी, शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा कार्यक्रम पालिकाले ल्याएको थियो ।

यहाँ रहेका सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णयसमेत भएको छ । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending