Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

निर्माण थालिएको ९ वर्षमा पनि बनेन पुल

खबरडबली संवाददाता

मङ्गलबारे ।  निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म  पूरा हुन  हुनसकेको छैन । विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलङ्गे पुल छ । 

स्थानीयवासीले सोही झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ । इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।

पटक–पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा  उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताए । उनले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गरे । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि २०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । नेशनल निलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन । 

उक्त कार्यालयले रु पाँच करोड ८५ लाखमा ठेक्का लगाएको सो काम निलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम  र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो । 

अर्का स्थानीयवासी टीकानाथ ढुङ्गानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताए । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । 

पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए  । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उनले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरुले चासो बढाउने बताए  ।  

निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरुले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताए । उनले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गरे ।

नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र  तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताए ।  इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ । केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो  पुल निर्माण हुन नसकेको हो । 

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending