Ntc summer Offer
Khabar Dabali १६ पुष २०८१ मंगलवार | 31st December, 2024 Tue
Investment bank

बजेटले खोल्यो सिमेन्ट निर्यातको अवसर, वार्षिक एक करोड टन निर्यातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ ।  आगामी आर्थिक वर्षको बजेटले देशभित्रको खानी तथा खानीजन्य पदार्थको प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर विशेष प्रबन्ध गरेको छ ।

सरकारले बिजुलीमा विशेष छुट दिने घोषणा गरेको छ । त्यसबाट सिमेन्ट उत्पादकले सरकारको पछिल्लो कदमले यस उद्योगलाई थप राहत दिएको र क्रमशः निर्यातको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । देशभित्रै पनि सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउने नीतिगत प्रबन्ध हुन थालेको छ । बिटुमिन राखेर कालोपत्रे गरिएका सडकभन्दा ढलान गरिएका सडक बलियो हुने र त्यसले सिमेन्ट देशभित्रै खपत हुने क्रमशः वातावरण पनि बनीरहेको छ ।

नेपालमा पछिल्लो दिनमा ठूलो लगानी भएको क्षेत्रकासमेत सिमेन्ट उद्योग नै छ । चिनियाँ लगानीका दुई उद्योगमध्ये एक उद्योग सञ्चालन भइसकेको छ । नवलपरासीमा चिनियाँ लगानी रहेको होङ्शी शिवम् सिमेन्टले आक्रामकरुपमा बजार विस्तार गरिरहेको छ । त्यस्तै चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगले उत्पादन सुरु गर्ने तयारीमा छ । सरकारले आगामी आवको बजेटमा गरिएको प्रबन्धले सिमेन्ट उद्योगको विकास र विस्तारमा थप वातावरण बनाउनेछ ।   

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाका अनुसार बजेटमा सरकारले गरेको सुविधाका कारण सिमेन्ट उद्योगीलाई फाइदा हुनेछ । नेपालको व्यापार घाटा कम गर्ने उपयुक्त उत्पादनसमेत सिमेन्ट हुनसक्ने देखिन्छ । अध्यक्ष थापाले सरकारले पहिलो पटक आफूहरुको माग सम्बोधन गरेको बताए ।

“हामीले लामो समयदेखि सिमेन्ट निर्यातका लागि सहयोग गरिदिन आग्रह गर्दै आएका थियौँ, आगामी आर्थिक वर्षको बजेटमा वार्षिक रु १० करोड बढीकोे विद्युत् खपत गर्ने र निर्यात गर्ने उद्योगलाई सहुलियत दिइएको छ, यसले हामीलाई निर्यात गर्न सहज भएको छ”, उनले भने ।

अध्यक्ष थापाका अनुसार सरकारले छुट दिएसँगै वार्षिक रु दुई खर्ब बढीको सिमेन्ट निर्यात गर्न उद्योगी तयार रहेको जानकारी दिए । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भैसकेको उनको भनाई छ । देशभित्रै ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगले ओपिसी, पीपीसी सिमेन्टका अलावा क्लिन्करसमेत उत्पादन गर्छन् ।

कुनै समय ठूला पूर्वाधार निर्माण सुरु गर्नु अगाडि सिमेन्ट कहाँबाट आयात गर्ने भन्ने सम्बन्धमा चिन्ता हुने गर्दथ्यो तर, पछिल्ला दिनमा त्यो चिन्तासमेत हटेर गएको छ । सरकारी लगानीको हेटौँडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट असाध्यै गुणस्तरीय रहेको पाइन्छ । निजी क्षेत्रले उत्पादन गरेको सिमेन्टसमेत उच्च गुणस्तरीय रहेको नेपाल नापतौल तथा गुणस्तर विभागको अध्ययनले पनि देखाएको छ ।

सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेल पनि आगामी आवको बजेटमा सिमेन्ट उद्योगलाई विशेष प्राथमिकता दिइ राखिएका प्रावधानले आफूहरुलाई हर्षित तुल्याएको बताए । उनले निर्यातमा उपलब्ध गराइने सहुलियतसँगै सिमेन्ट निर्यातको बाटो खुला भएको बताए । नेपाली सिमेन्ट उद्योगले वार्षिक एक करोड टन सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा छन् । बजेटको प्रावधानले उद्योगीलाई थप सहज बनाइदिएको छ ।

“हाम्रो उत्पादन लागत बढी छ, बजेटमा समावेश भएअनुसार विद्युत् र निर्यातमा छुट पाएपछि हाम्रो लागत कम हुन्छ, लागत कम भएसँगै भारतीय सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न हामीलाई सहज भएको छ”, उनले भने । उपाध्यक्ष पोखरेलका अनुसार हाल सञ्चालनमा रहेका सबै सिमेन्ट उद्योगलाई निर्यातको अनुमति भएको भन्दै क्षमताअनुसारको निर्यात गर्न सबै उद्योग तयारी अवस्थामा छन् । उनले सरकारले निर्यातमा छुट दिए पनि सिमेन्ट निर्यात गर्न केही समय लाग्ने जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल पनि सरकारले विद्युत र निर्यातमा छुटसँगै निर्यातमा सहज हुने बताए । उनले  बजेटले सिमेन्ट उद्योगीका माग सम्बोधन गरेको भन्दै निर्यातमा वृद्धि हुने आशा व्यक्त गरे ।

बजेटमा छुट

यही जेठ १५ गते आइतबार सङ्घीय संसद्मा अर्थमन्त्री जनादर्न शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने विषय समावेश गरेका छन् ।

उनले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रवद्र्धन गरिने र यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था बजेटमा गरेका छन् ।

त्यस्तै, सरकारले औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी वार्षिक रु १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

सरकारले उत्पादन र निकासीको आधारमा कार्यविधि बनाएर दुईदेखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । बजेटमा गरिएको प्र्रबन्धअनुसार उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीलगायतका वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा ‘बिजिनेस प्रोसेस आउटसोर्सिङ’जस्ता सेवा पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने लक्ष्य छ । त्यस्ता वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था बजेटले गरेको छ ।

मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन वृद्धि एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी वार्षिकरुपमा बिजुली महसुलमा नै छुट दिइनेछ ।

नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गर्ने कानुनी प्रबन्ध मिलाउने र यसबाट सेवा निर्यातको थप अवसर सिर्जना हुने सरकारको विश्वास छ । यस प्रावधानसँग जोडिएर पनि नेपाली सिमेन्ट उद्योगले फाइदा लिन सक्नेछन् । 

नेपालबाट निकासी हुने वस्तुको सहज निकासीको लागि गुणस्तर परीक्षण गर्न विद्यमान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाका रूपमा स्तरोन्नति गर्ने, कृषि, वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरी औद्योगिक प्रशोधन शृङ्खलामा खेतदेखि कारखाना एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गर्ने सरकारको योजनाले सहयोग नै पुग्नेछ ।

विद्युत् भार कटौतीको अन्त्यपछि देशभित्रको औद्योगिक क्षमता पनि बढेको छ । लागत नै कम हुँदा बजारमा सस्तो मूल्यमा सिमेन्ट उपलब्ध हुन थालेको छ । त्यसमाथि ठूला चिनियाँ लगानीका सिमेन्ट उद्योग देशभित्र भित्रिएपछि त्यसले पारेको सकारात्मक वातावरण पनि आफैँमा महत्वपूर्ण छ । यी र यस्ता कारणले सिमेन्ट उद्योगमा थप लगानी भित्रने सम्भावना पनि बढेर गएको छ । देशभित्र ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

हालैमात्र सुर्खेतमा सूर्यतारा सिमेन्ट उद्योगमा रु १५ अर्ब बराबरको लगानी हुने गरी सरकारले अनुमति प्रदान गरेको छ । लगानी बोर्डबाट स्वीकृत पाएको सो उद्योगमा व्यवसायी मुकुन्द तिमिल्सिना र बालकृष्ण भुसालले लगानी गर्न लागेका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर सो उद्योग स्थापना गर्न लागिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy