Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कांग्रेसको सदस्यता अनलाइनबाटै पाइने

खबरडबली संवाददाता

काठमाडौँ। विगतमा सदस्यताको विषयमा विवाद हुँदा पार्टीको महाधिवेशन नै प्रभावित हुने गरेको नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल प्रणालीमा लैजाने भएको छ । कांग्रेसले सदस्यतासम्बन्धी सम्पूर्ण काम डिजिटल प्रविधिको प्रयोगबाट गर्न लागेको हो । 

वेभसाइटमार्फत अनलाइन सदस्यता वितरण नै थालिसकेको कांग्रेसले बिहीबार देशभरिबाट जिल्ला सभापतिहरूलाई काठमाडौंमा भेला गरेर त्यसबारे प्रशिक्षणसमेत गर्‍यो । भेलामा जिल्ला सभापतिहरूले अनलाइनबाट सदस्यता वितरण हुन थालेपछि पार्टीप्रति आकर्षण बढ्ने आँकलनसमेत व्यक्त गरेका छन् ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई पार्टीले पूर्णरुपमा डिजिटल प्रविधिमा लैजान लागेको बताए । 

‘सदस्यतालाई पूर्णरुपमा अनलाइनबाट गर्ने गरी तयारी भएको छ । केन्द्रीय समितिको निर्णयबमोजिम महामन्त्रीहरूले यसको नेतृत्व गर्नुभएको छ,’ उनले भने, ‘अब विगतको जस्तो सदस्यता पाउनै बन्देज हुने अवस्था हुँदैन । घरै बसिबसी सदस्यता पाइने र पार्टीको सदस्यता कार्डसमेत उपलब्ध हुने व्यवस्था भएको छ । हरेक वर्ष नवीकरणलाई अनिवार्य गरिएको छ ।’

सात लामो लोकतान्त्रिक अभ्यास गरिसकेको मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसमा अहिलेसम्म सदस्यता प्रणाली केन्द्रीकृत थियो ।

विधानमा टोलदेखि वडा, पालिका र जिल्ला हुँदै केन्द्रसम्म आठ तहका संगठन संरचना बनाएको कांग्रेसले चाहेजति सबैलाई सदस्यता दिने गरेको छैन । सदस्यता पाउन, छेक्न र संगठनमा आफ्नो कब्जा बनाएर पार्टी नेतृत्वमा पुग्न हरेक महाधिवेशनको सम्मुखमा नेताहरूले ठूलै रस्साकस्सी गर्दै आएका छन् ।

पछिल्लो समय युवाहरूलाई आकर्षित गर्न नवगठित दलहरूले अनलाइनबाट सदस्यता आवेदन लिने अभ्यास थालेपछि कांग्रेसले पनि त्यही अभ्यासलाई पछ्याएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: