Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सुन तस्करी प्रकरण : १८ आरोपीलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

खबरडबली संवाददाता

काठमाडौँ। करिब सयकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपीतलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो। सुरुमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अनुमति लिएको राजस्व अनुसन्धान विभागले पछि उनीहरूसँगै म्याद सकिने गरी अन्यको पनि म्याद थप गराएको थियो।

आइतबार पक्राउ परेका सबैलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए।

सुन तस्करी प्रकरणमा आइतबार पक्राउ तब्बीयन मुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए। 

करिब सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते ५ जनालाई पक्राउ गरेको थियो। 

सुरुमा पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राइ थिए।

त्यसलगतै रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई पक्राउ परेका थिए। 

भोलिपल्ट तिब्बतीयन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका थिए। सुन तस्करीमा संलग्नहरू पक्राउ परेको थाहा पाएपछि नेपालबाट भाग्न लागेका चिनियाँ नागरिक झियाङ निल साउन ४ गते विमानस्थलबाटै पक्राउ परेका थिए।

उनलाई पक्राउ गर्न राजस्वले अध्यागमन विभागलाई पत्र पठाएको थियो। 

अध्यागमनले कालोसूचीमा राख्दै प्रहरीलाई जानकारी दिएपछि विमानस्थल प्रहरीले पक्राउ गरेर बुझाएको थियो। 

त्यसैदिन राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो।

साउन ७ गते भने अध्यागमन विभागका कर्मचारीहरू नै पक्राउ परेका थिए। तस्करीको सुन भन्सार पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाललाई पक्राउ गरेको थियो। 

तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पक्राउ परेका थिए।

साउन १० गते तस्करीमा संलग्न चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ परेका हुन्। 

उनीहरूलाई राजस्व अनुसन्धान विभागले जिल्ला प्रहरी परिसर ललितपुर र सानेपा प्रभागको हिरासतमा राखेको छ। दिउँसो अनुसन्धानका लागि राजस्व विभागमा उपस्थित गराइन्छ।

राजस्व विभागले यो मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: