Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विदेशी बोलाएर प्रहरीमाथि आक्रमण गर्ने घैँटेका सहयोगीको यस्तो थियो योजना

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएmएससमेत फेला परेको प्रहरीको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीकाे खबर छ–
\"ghaita1\"आक्रमण गर्न विदेशी बोलाएको प्रहरीको दाबी एसएसपी सर्वेन्द्र खनाल भन्छन्– उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र एसएमएसहरू फेला परेको छ । आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान हुँदै छ । न्युरोडमा अन्डरग्राउन्ड थिए साजन गुरुङ साजन गुरुङ पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड थिए । उनी न्युरोडको एक घरमा गोप्य रूपमा बस्दै आएका थिए । सबै कोठामा ताला लगाइएको घरमा मंगलबार चारपटक सर्च गर्दा मात्र प्रहरीले उनी बस्ने कोठा पत्ता लगायो । काठमाडाैं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ। आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट वान्टेडसमेत हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरू फेलापरेको बताए । ‘आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप अनुसन्धान हुँदै छ ।’ प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएका थिए । पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए । केही भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको र सूचना चुहिएपछि उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको पनि प्रहरीले दाबी गरेको छ । केही बलिया आधार भेटिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका छन् । कपुरधारास्थित आफ्नै घरनजिकै ३ भदौमा घैँटे प्रहरीसँगको मुठभेडमा मारिएका थिए । घटनापछि घैँटेको सम्पत्तिबारे छानबिन थालेपछि उनका सहयोगीहरू आत्तिएको प्रहरीले जनाएको छ । प्रहरी आक्रामक भएपछि गुन्डाका नाइकेहरू सबैजसोले काठमाडौं छाडिसकेका छन् । केहीले भाडामा व्यक्तिहरू प्रयोग गरेर आक्रमणको योजना बनाएको प्रहरी स्रोत बताउँछ । साजन न्युरोडमा अन्डरग्राउन्ड पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड रहेका साजन गुरुङ न्युरोडको एक घरमा निकै गोप्य रूपमा बस्दै आएको सूचनाका आधारमा प्रहरी मंगलबार सर्चमा गयो । प्रहरीले घर पत्ता लगायो । तर, घरमा कोही थिएनन् । सबै कोठामा ताला लगाइएको थियो । प्रहरीसँग भने गुरुङ त्यही घरभित्र गोप्य रूपमा लुक्दै आएको सूचना थियो । चारपटक घर सर्च गर्दा मात्र प्रहरीले गुरुङ बस्ने कोठा पत्ता लगायो । बाहिरबाट ताला लगाएर गोप्य रूपमा सुरुङजस्तो बनाएर गुरुङ लुकेका थिए । लामो समयदेखि उनी त्यसरी सो घरभित्र लुक्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेकाले उनी एक्लै सो घरमा बस्दै आएका थिए । केही आफ्ना सहयोगीलाई कहिलेकाहीँ मात्र उनले भेट्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही घरभित्र बसेर गुरुङले सहयोगीहरू परिचालन गरी धम्क्याएर असुली धन्दा चलाउँदै आएका थिए । गुरुङसँग प्रहरीले भारतीय निर्वाचन आयोगले हेमन्त गुरुङको नाममा जारी गरेको परिचयपत्रसमेत फेलापारेको छ । ठेक्काको कमिसन विवादमा हत्या सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजनको समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । २४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो । हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो । तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending