Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अर्को संविधानका लागि आन्दोलन : मधेसी मोर्चा

\"Madhesi-morcha\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबारबाट सुरु भएको संविधान निर्माण प्रक्रियाको विरोध गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ यो प्रक्रियाबाट जारी संविधान नमान्ने भन्दै मोर्चाका नेताहरूले आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।   ‘तीनदलीय सिन्डिकेटमा तीन दलका शीर्ष नेताले अहंकार देखाउँदै जबर्जस्त संविधान लाद्ने काम गरेका छन् । यो राजा, महाराजाले गर्ने जस्तै प्रयास हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदले भने, ‘पेलेर जबर्जस्तीमा ल्याउन खोजिएको संविधानले मुलुकलाई गम्भीर संकटमा फसाउँदै मुलुकलाई थप द्वन्द्वमा धकेल्ने काम गरेको छ ।’   प्रमुख दलको स्वार्थमा संविधान जारी गर्न खोजिएको भन्दै यादवले जनताको हितमा अर्को संविधान ल्याउन आन्दोलन गर्ने बताए । ‘तीन नेताहरूले आफ्नो स्वार्थमा संविधान बनाउन खोजेका छन् । यसले जनताको हित गर्दैन,’ यादवले भने, ‘अब जनताको हितमा अर्को संविधान बनाउने तयारीस्वरूप आन्दोलन हुन्छ । पञ्चायतकालमा संविधान बनाएर लाद्दा शासकले के सोचेका थिए रु तर, त्यो त धराशयी भयो । अब पनि त्यस्तै हुन्छ ।’   तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले संविधानसभामा प्रक्रिया अघि बढाउनुलाई आश्चर्यका रूपमा नलिएको बताए । ‘तीन दलको यो सुनियोजित प्रयासलाई आश्चर्य मानेका छैनौँ,’ त्रिपाठीले नयाँ पत्रिकासित भने, ‘दुई दिन नुवाई–धुवाई गर्नुभयो अनि प्रक्रियामा प्रवेश गर्नुभयो । यसमा हाम्रो स्वामित्व रहँदैन ।’ आफूहरूसँग आन्दोलनको विकल्प नरहेको पनि त्रिपाठीको भनाइ छ । राज्यले अन्तिम अस्त्र प्रयोग गरेको उल्लेख गर्दै त्रिपाठीले अनिश्चितकालीन आमहडताल जारी रहने बताए । ‘आन्दोलनबाहेक अर्को विकल्प छैन । ३२ जनाभन्दा बढी मरिसके । कफ्र्यु जारी नै छ । उहाँहरूले आफ्नो मधेसी सभासद्का मुद्दा सम्बोधन गरेर सुरेन्द्र चौधरी, विमलेन्द्र निधिको दबाब सम्बोधनको प्रयास गर्नुभएको छ । तर, हामीले उठाएका प्रदेशको बनावटदेखि नागरिकताको विषय छोइएको छैन,’   त्रिपाठीले प्रमुख दलका शीर्ष नेतालाई चुनौती दिँदै भने, ‘तपाईंहरूले धेरैका माग सम्बोधन गरेका छौँ भन्ने ठान्नुभएको छ भने तराईमा गएर जनताको चित्त बुझाएर देखाउनुस् ।’ १६ बुँदेदेखि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सँगै भए पनि तीन दलले साथ लिन नसकेको भन्दै त्रिपाठीले प्रमुख दलको नियत नै राम्रो नरहेको बताए । थारू नरम थारुवानरथरुहट संयुक्त संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले आन्दोलनमा थारूहरूले उठाएका विषय फरक मतका रूपमा अगाडि बढ्ने भन्दै संविधानको उपलब्धिलाई रक्षा गर्दै आन्दोलन पनि गर्ने बताए । ‘थारू आन्दोलनका केही माग एमाओवादीले राखेको फरक मतका रूपमा पनि दर्ज भएको छ,’ एमाओवादीका सभासद्समेत रहेका मोदीले भने, ‘उपलब्धिलाई रक्षा गर्नुपर्ने विषय पनि छन् । यसलाई रक्षा गर्दै आन्दोलनमा पनि जान्छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending