Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गरिब प्रधानमन्त्रीका करोडपति मन्त्रीहरू

\"Cabinet\"काठमाडौं । देश गरिब भए पनि नेपालमा मन्त्रीहरु निकै धनी छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ मन्त्रीहरुले सम्पत्ति लुकाएर सम्पत्ति विवरण बुझाउँदा पनि मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिन्छ ।   हाल मन्त्री परिषद्मा रहेका मध्ये १/२ जनाले मात्र आफ्नो इज्जत राखेर काम गर्न सकेका छन् । अरु सबै आर्थिक विवादमा मुछिएका छन् । तर, सम्पत्ति विवरण भने उनीहरुले गत वर्षको तुलनामा नबढेको दाबी गरेका छन् । प्रधानमनत्री सुशील कोइरालाको मोबाइल बाहेक केही सम्पत्ति देखाइएको छैन । उनका आसेपासेहरुले करोडौं सम्पत्ति जोडेका छन् भने प्रधानमन्त्रीसंग गतवर्ष जस्तै मोबाइलबाहेक अरु केही पनि सम्पत्ति नबढेको उल्लेख छ ।   लालबाबुको खातामा ४९ लाख काठमाडौं । अहिलको मन्त्रिमण्डलका सबैभन्दा चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ । एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ । घरबारविहीन वामदेव पटकपटक मन्त्री भएका उपप्रधान एवंगृहमन्त्री वामदेव गौतमको कौ घर छैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । घर नभए पनि उनीसंग प्रशस्त सम्पत्ति भने छ । दर्जन कम्पनीमा अर्थमन्त्रीको सेयर करोडपति मन्त्रीका रुपमा चिनिने अर्थमन्त्री रामशरण महतको श्रीमती रोशनाको नाममा काठमाडौंमा २ वटा घर छन् । धापासीमा एक रोपनी रबुढानिलकण्ठमा २ रोपनी चपलीमा आठ आना, काभ्रेको साठी घरमा १२ रोपनी, नुवाकोटको चौघडामा ६९ रोपनी जग्गा छ । सुनमा पनि उनी धनी मन्त्रीका रुपमा देखिएका छन् । ५९ तोला सुन रहेको उनले उल्लेख गरेका छन् । महतको हिमालयन ब्यांक, स्टाण्डर्ड चार्टडा बैंक, नेपाल बैंक, सत्तगण्डकी बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेमिकमसहितका एक दर्जन जत्ति कम्पनीमा सेयर छ । शिक्षामन्त्री यादवको ६ वटा घर शिक्षामन्त्री चित्रलेखा यादवको पनि सम्पत्ति प्रशस्त देखिएको छ । उनका ६ वटा घर छन् । सिरहामा ३ र ललितपुमार ३ वटा घर छन् । २० लाख बचत र विभिन्न कम्पनीमा सेयर छ । त्यस्तै, पर्यटन मन्त्री कृपासुर शेर्पाको ५ वटा घर छन् । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको १७ रोपनीमा क्षेत्रफल भएको जग्गामा आलिसान महल छ । काठमाडौंमा उनका दुईवटा घर छन् । भौतिक योजना मन्त्री विपलेन्द्र निधिले धनुषमा पुख्र्यौली सम्पत्ति देखाएका छन् । उनको ६० तोला सुन र १५० तोला चाँदी छ । १० लाख रुपैयाँ नगद रहेको उनले उल्लेख गरेका छन् । पत्नीको नाममा हिमालयन ब्याकंनमा ४० लाख रुपैयाँ राखेका छन् ।   मन्त्री महेश आचार्यको काठमाडौं र मोरङमा एकएक वटा घर छन् । विभिन्न बैंकमा गरी ५६ लाख रुपैयाँ बचत छ ।   सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको काठमाडौंमा १० रोपनी जग्गा तथा विराटनगरमा साढे सात कठ्ठामा बनेको घर छ । उनको पनि विभिन्न कम्पनीमा गरी ५० लाखभन्दा बढीको सेयर छ । मन्जुश्री इन्भेष्टमेन्टमा मत्रै ४४ लाख ७५ हजार रुपैयाँको सेयर छ । सिंचाई मन्त्री एनपी सावदको पनि काठमाडौंमा घर छैन । डडेल्धुराको बगरकोट र कञ्चनपुरको भीमदत्तमा उनको घर छ । सुन ४४ तोला, चाँदी १०२ तोला तथा हिराका गहनाहरुसमेत छन् । श्रीमतीका नाममा ६० हजार रुपैयाँ बचत देखाइएको छ। अर्की विवादास्पद उर्जामन्त्री राधा ज्ञवालीको बुटवलमा मात्र घर छ । बुटवल बर्दिबासमा जग्गा छोरीको नाममा ९ लाख १० हजार नगद र १२ तोला सुन छ ।   सहरी विकास मन्त्री नारायण खड्काको बुढानिलकण्ठमा दुईवटा घर छन् । उदयपुरमा जग्गा छ । सुन १८ तोला र ६ हजार दुई सय अमेरिकन डलर बचत छ ।   परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको एउटै मात्र घर छ । १० आना जग्गामा उनले घर बनाएका छन् । नगद तीन लाख १० तोला सुन, १५ लाख नगद सम्पत्ति देखाएका छन् । बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापासँग पनि प्रशस्त सम्पत्ति छ । काठमाडौंमा दुईवटा घर र झापा तथा मोरङमा प्रशस्त जग्गा छ । भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको पाल्पा र काठमाडौंका साथै बेलायतमा समेत घर रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending