Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यी सभासद हराए : को–को हुन् अनुपस्थित हुने ६ सभासद् ?

काठमाडाैं । संविधानसभाबाट संविधान पारित गर्ने वेला बुधबार ६६ सभासद् अनुपस्थित रहे । अनुपस्थितमध्ये ५९ सभासद् प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा थिए भने ६ सभासद् बिरामी भन्दै उपस्थित नभएका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ- बिरामी भनेर बुधबार अनुपस्थित हुनेमा कांग्रेसका दुई, एमालेका एक, एमाओवादीका एक, मधेस समता पार्टीका एक र बहुजन पार्टीका एक सभासद् छन् । कांग्रेस नेता खुमबहादुर खड्कापत्नी शिला शर्मा खड्का संविधान पारित गर्दा मतदानमा उपस्थित भइनन् । कांग्रेसकै अर्का नेता प्रदीप गिरि पनि संविधानसभामा मतदानमा उपस्थित भएनन् । प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गिरि उपचारका लागि भारत गएको भन्ने सुने पनि आफूलाई कुनै जानकारी नभएको बताए । एमाले सभासद् राज्यलक्ष्मी गोल्छाले पनि अस्वस्थताको कारण जनाउँदै संविधानसभाको मतदान प्रक्रियामा भाग लिइनन् । एमाओवादी सभासद् प्रभु साह पनि मतदान प्रक्रियामा उपस्थित भएनन् । मधेसमा भइरहेको आन्दोलन र दलहरूबीच प्रक्रिया अघि बढाउने सहमतिप्रति साह असन्तुष्ट थिए । दलित समुदायको अधिकार र समानुपातिक समावेशिताको सिद्धान्त संविधानमा किटान गर्न माग गर्दै आमरण अनशन बसेका बहुजन पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवान पनि अस्वस्थ भन्दै मतदानमा सहभागी भएनन् । मिर्गौला प्रत्यारोपण गरेर उपचार गराइरहेका मधेस समता पार्टीका एक मात्रै सभासद् मेघराज नेपाली निसाद भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सन भएर उनी उपचार गराइरहेकाले मतदानमा उपस्थित नभएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending