Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारत र चिनको यस्तो चासो छ संविधानमा

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेशसचिव सुव्रमन्यम जयशंकर शुक्रबार काठमाडौं आउँदै छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे चासो राख्दै उनी नेपाल आउन लागेका हुन् । तराई–मधेसकेन्द्रित दलहरूको मुद्दा सम्बोधन गरेर अघि बढ्न दिएको सुझाब सम्बोधन नगरी प्रमुख तीन दलको निर्णयमा संविधान पारित भएपछि भारत असन्तुष्ट छ । यीलगायतका विषयमा छलफल गर्न शुक्रबार बिहान साढे ९ बजे विदेशसचिव जयशंकर सहयोगीसहित काठमाडौं आउन लागेका हुन् । चीनको पहिलो समर्थन छिमेकी मुलुक चीनले संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा औपचारिक रूपमा खुसी व्यक्त गरेको छ । संविधान पारित भएपछि प्रतिक्रिया दिने चीन पहिलो हो । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नेपालमा नयाँ संविधान पारित भएकोमा खुसी व्यक्त गरेका छन् । ‘मित्रवत् छिमेकीका रूपमा चिनियाँ पक्ष नेपालको संविधानसभाबाट नयाँ संविधान पारित भएको देख्न पाउँदा खुसी छ,’ लीले भनेका छन्, ‘हामी नेपालको सामाजिक प्रणाली र विकासपथका बारेमा नेपालको स्वतन्त्र छनोटको समर्थन र सम्मान गर्छौँ र नेपालमा राजनीतिक स्थिरता तथा आर्थिक विकासका लागि कामना पनि गर्छौँ ।’ नेपालका लागि चिनियाँ राजदूत उ चुन्थाईले बिहीबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चीनको सन्देश पढेर सुनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending