Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राजधानीमै मानव बलि दिने प्रयास !

काठमाडौँ । हड्डी जगाउने नाममा बलि दिन खोज्ने तान्त्रिकसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको हो । आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खबर छ– पहरी भारतीय नागरिक हुन भने शाह पीडित युवतिका दाजु हुन् । पुजाको नाममा आफुलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिनेप्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । नागार्जुनस्थित एक घरमा डडेरा लिई हरेक दिन युवतीलाई मानव खप्पर तथा हड्डीमा पुजा गर्न लगाइन्थ्यो । पुजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पुरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए । हड्डी जगाउनका लागि आफ्नो बलि दिन लगिएको कुरा सुनेपछि भागेर युवती प्रहरी चौकी पुगेकी थिइन् । प्रहरीले डेराबाट मानव खप्पर तथा हड्डीसमेत बरामद गरेको छ । खप्पर बिक्री गर्ने एक ब्यक्ति पनि पक्राउ परेका छन् । पुजा गर्न कन्या चाहिने भन्दै आफुलाई त्यहाँ लगिएको र सँधै तरवारमा पुजा गर्न लगाइने गरिएको युवतीले बताएकी छन् । पक्राउ गरिएकाहरुले भने युवतीलाई पुजा गर्नको लागि मात्र त्यहाँ लगिएको बताएका छन् । १८ दिनसम्म युवतीलाई लगातार पुजा गर्न लगाइएको थियो । यसअघि पनि पक्राउ परेका ति भारतिय तान्त्रिकले मानव बलि दिने गरेको सुचना आएपनि पुष्टि भने भइसकेको छैन । घटनाको अनुसन्धान भइरहेकोले मानव बलि दिएको या नदिएको भन्न नसकिने सिआइबीका एसपी श्याम ज्ञवालीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending