Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

महरा, वर्षमान, अग्नी, पासाङसहितका माअाेवादी नेताकाे मृत्युकाे समाचार अाएपछि .....

\"Mahara\"आफ्नै मृत्युको खबर सुन्दा कस्तो लाग्ला ? नमरेको मान्छे मर्‍यो भन्ने हल्ला परिवारसम्म पुग्दा परिवारलाई कस्तो होला ? ०५२ मा सुरु भएको माओवादी आन्दोलनपछि माओवादी नेता मारिएको समाचार दिनहुँजसो राष्ट्रिय सञ्चारमाध्यममा बज्थे । त्यो सुन्दा आन्दोलनमा लागेका नेता, परिवार र साथीभाइलाई कस्तो लाग्यो होला ? कतिपयले त आफ्नो मृत्युको खण्डन गर्न वक्तव्य नै जारी गरेका थिए । आफ्नै मृत्युको खबर सुनेका माओवादी नेतालाई त्यो क्षणबारे नयाँ पत्रिकाका मनोज घर्तीमगरले सोधे । उनीहरूले सम्झिए : वक्तव्य निकालेँ– म मरेको छैन कृष्णबहादुर महरा मैले धेरैपटक मेरो मृत्यु भइसकेको खबर सुन्नुपर्‍यो । हामीले ठूला–ठूला फौजी कारबाहीहरू गर्दा तत्कालीन सरकारी सञ्चारमाध्यमले ‘कृष्णबहादुर महरा र पासाङसहित सयौँ आतंककारी मारिएको’ भन्ने भ्रम फैलाउँथे । रोल्पाको लिस्नेमा आक्रमण गर्दा पनि सरकारी सञ्चारमाध्यमले म मारिएको समाचार प्रसारण गर्‍यो । एकपटक अर्घाखाँचीको बाटोमा महराको लास भेटियो भन्ने हल्लाखल्ला भएछ । त्यो मैले पनि सुनेँ । त्यो हल्ला सुनेर म हाँसँे । चुपचाप नै रहेँ । पछि फेरि भालुबाङको जंगलमा पनि महरा मारियो भन्ने हल्ला फैलियो । त्यसपछि त पार्टीका साथीलाई पनि हो कि जस्तो लाग्न थालेछ । अनि मैले ‘म मारिएको छैन’ भन्ने वक्तव्य निकालेर मेरो मृत्युको खण्डन गरेँ । त्यस्ता हल्ला सुन्दा मलाई हाँसो उठ्थ्यो । मेरा सहयोगी पनि हाँस्थे । तर, परिवारका सदस्य, आफन्त र पार्टीका सदस्यलाई मारिएकै पो हो कि भन्ने आशंका हुँदो रहेछ । अचम्मको कुरा त म जुन कारबाहीमा गएको नै हुँदैनथेँ, त्यसैमा पो म मारिएको हल्ला चल्थ्यो । प्रत्यक्ष देखेपछि विश्वास गरे– म जिउँदै छु वर्षमान पुन ‘अनन्त’   युद्धमा दुस्मनलाई कमजोर पार्न मनोवैज्ञानिक आक्रमण पनि गरिन्छ । हामी युद्धमा हुँदा सरकारले विभिन्न कारबाहीमा हामी मारिएको हल्ला फैलाउँथ्यो । १९ वैशाख ०५९ मा लिस्नेमा तत्कालीन शाही नेपाली सेनासँग भिडन्त भयो । हामीले सबै कब्जा गर्‍यौँ । सरकारी मिडियाले महरा, पासाङलगायत धेरै मारिएको प्रचार गर्‍यो । त्यसमा मेरो नाम लिएको थिएन । तर, गाउँमा भने म पनि मारिएँ भन्ने हल्ला पुगेछ । हामी लिस्नेबाट उवा पुग्दा साथीहरू त मलाई देखेर आश्चर्यमा पर्नुभयो । उहाँहरूलाई लागेको रहेछ– म भिडन्तमा मारिइसकेको छु । अनि बल्ल मैले म मरेँ अरे भन्ने खालका हल्ला फैलिएको थाहा पाएँ । त्यो आक्रमणमा कमरेड यानप्रसाद गौतमजी पर्नुभएको थियो । त्यसैले, म पनि परेँ होला भन्ने हल्ला छिटो फैलियो । उवामा मात्रै होइन, मेरो गाउँघरसम्मै म मारिएको हल्ला फैलिएछ । पछि म गाउँ पुगेपछि मात्रै परिवारका सदस्य, आफन्तले पत्याए, म जिउँदै छु ।   बडो अचम्म लाग्दो रहेछ अग्निप्रसाद सापकोटा   आफू मरेको खबर सुन्दा बडो अचम्म लाग्दो रहेछ । यो अचम्म मानिरहनुपर्ने कुरा त होइन, युद्धमा हामीलाई कमजोर पार्न दुस्मनहरूले विभिन्न हल्ला फैलाउँथे । ती सबै त्यही हल्ला हुन् । म मरेको खबर मैले दर्जनौँपटक सुनेँ । ०५९ मा काभ्रेको चौरीमा र ०६२ चैतमा काभ्रेकै ठोकर्पामा भएको भिडन्तमा म मारिएको हल्लाले भने सबैलाई चिन्तित बनायो । ती दुई भिडन्तमा म आफैँ पनि सहभागी भएकाले धेरै साथीलाई मारिएकै हो कि जस्तो लागेको रहेछ । ती हल्लाले परिवारमा त तनावै बनाएछ । त्यस्तो हल्ला सुनेर हो कि क्या हो भनेर बसिरहेकाहरू मलाई देखेपछि दंग भए । मान्छेले ‘ओ हो खुसी लाग्यो, हामीले त नराम्रो कुरा पो सुनेका थियौँ, भ्रम रहेछ’ भन्दा म पनि अचम्मित हुन्थेँ ।   मरेको भन्नेहरूसँग रिस उठ्थ्यो जनार्दन शर्मा ‘प्रभाकर’ एकपटक होइन, धेरैपटक सुनेँ, मै मारिएको खबर । आफँै मारिएको खबर सुन्नुपर्दा हाँसो पनि उठ्थ्यो, रिस पनि । जिउँदो मान्छे मारिएको हल्ला किन फिजाउँछन् दुस्मनहरू भनेर रिस उठ्थ्यो । हामीले २३ वैशाख ०६२ मा कालिकोटको पिलीमा रहेको सैनिक ब्यारेकमाथि हमला गर्‍यौँ । पूरै कब्जा गरेर फर्कियौँ । फर्कंदै गर्दा त म आफैँ मारिएको खबर पो सुन्नुपर्‍यो । यस्ता खबर थुपै्र सुनिए । आफूलाई त केही हुँदैन थियो, परिवारका सदस्य, कार्यकर्ता, जनता बढी चिन्तामा पर्दा रहेछन् । पछि केही नभएको थाहा पाएपछि सबै खुसी हुन्थे । म बाँचेको विश्वास लागेको रहेनछ हरिभक्त कँडेल हाम्रो क्षेत्रीय ब्युरो कार्यालय रोल्पामा थियो । म धौलागिरिका तीन र गुल्मीसहित चारवटा जिल्ला हेर्थेँ । संकटकाल सुरु भएपछि म मारिएको हल्ला व्यापक फैलियो । म बैठकका लागि रोल्पा जाँदा ‘तपाईं त सहिद हुनुभयो भन्ने हल्ला पो थियो त’ भनेपछि मैले बल्ल थाहा पाएँ । त्यो हल्ला पार्टीपंक्तिमा मात्रै होइन, मेरो घरसम्मै पुगिसकेको रहेछ । मैले पार्टी च्यानलमार्फत केही नभएको खबर घरमा पठाएँ । पार्टीका साथीहरूले पनि मलाई बैठकमा देखेपछि केही भएको रहेनछ भन्नेमा पुग्नुभयो । दोस्रो वार्तापछि नेपालगन्जको खजुरास्थित घर पुगेँ । म घरमा पुग्दा १०–१२ वर्षका बच्चादेखि ९०–९१ वर्षका वृद्धवृद्धाहरू आएर मलाई घेरे । उनीहरूलाई म बाँचेको छु भन्ने विश्वास नै रहेनछ । त्यो दृश्यले मेरो आँखाबाट खुसीका आँसु झरे । समाचार सुनेर हाँस्थेँ नन्दकिशोर पुन ‘पासाङ’ संकटकाल लागेपछि हामीले जति ठाउँमा आक्रमण गर्‍यौँ, ती–ती ठाउँमा म मारिएको प्रचार सरकारी मिडियाले गर्थे । म र महरा मारिएको हल्ला बढी चल्थ्यो । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा आक्रमण गर्दा रेडियो नेपालले भनेको समाचार अहिले पनि सम्झनामा छ । त्यतिवेला रेडियोमा भनिएको थियो, ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादी मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादी आतंककारीले व्यहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका छ ।’ २३ भदौ ०५९ मा अर्घाखाँची सदरमुकाम आक्रमण गरेर फर्कंदा पनि त्यस्तै भ्रम फैलाइयो । ‘अर्घाखाँची आक्रमण गरी भागेका माओवादी आतंककारी प्युठानको स्याउलीबाङको जंगलमा घेराबन्दीमा परेका छन् । घेराबन्दीमा पासाङ, कृष्णबहादुर महराहरू पनि परेका छन्,’ भन्ने प्रचार भयो । प्रत्येक आक्रमणबाट फर्कंदा रेडियो साथमै हुन्थ्यो । म रेडियो सुन्थेँ । रेडियोमा आफैँ मारिएको खबर बज्थ्यो । म साथीहरूलाई सुनाउँथेँ । मजाले हाँस्थे पनि । आफू मरेको खबर सुन्दा अचम्म लाग्दो रहेछ । हल्लाको कारण खोज्नतिर लागेँ चन्द्रप्रकाश खनाल ‘बलदेव’ म लमजुङमा मारिएको हल्ला निकै फैलियो । मिति बिर्सिएँ, बाबुरामजी मध्य कमान्डको पार्टीप्रमुख हुनुहुन्थ्यो र म सैन्यप्रमुख थिएँ । मलाई साथीहरूले ‘तपाईं त लमजुङमा मारिनुभयो भन्ने हल्ला छ नि’ भन्न थाले । मैले कसरी यो हल्ला फैलियो त भनेँ । उहाँहरूले ‘यो हल्ला व्यापक छ । तपाईंले होइन भनेर वक्तव्य निकाल्नुपर्‍यो’ समेत भन्नुभयो । मैले वक्तव्य निकालिनँ । बरु, हल्ला फैलनुको कारण बुझ्नतिर लागेँ । पछि लमजुङमा बुझ्दा अर्कै एकजना चन्द्र खनाल नाम गरेका कमरेड सहिद हुनुभएको रहेछ । उहाँ र मेरो नाम मिल्दा म मारिएको हल्ला फैलिएछ ।   हाँसो पनि लाग्यो रिस पनि उठ्यो शक्तिबहादुर बस्नेत युद्धमा म मारिएको सानातिना खबर त धेरै नै चले । अहिले ती कुरा बिर्सिसकियो पनि । दुईपटक भने पत्रिकामै छापिए, म मारिएँ भन्ने । पत्रिकामा म मारिएको छापिएको खबर सुन्दा हाँसो पनि लाग्यो, रिस पनि उठ्यो । त्यस्ता हल्ला तत्कालीन सरकारको तर्फबाट चलिराख्ने भएकाले हाम्रो पार्टीपंक्तिमा त्यस्ता हल्लाको विश्वास त कसैले गर्दैन थियो । तैपनि, हल्ला चलेपछि कि हो त भन्ने लाग्ने त स्वाभाविक भइहाल्यो । तनाव त थपिहाल्दो रहेछ । मेरो बारेमा चलाइएका हल्ला खण्डन गरिहाल्नुपर्नेसम्मका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending