Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

एमाअाेवादीमा विवाद

काठमाडाैं । एमाओवादीभित्र मन्त्रीका आकांक्षी बढेपछि सरकारमा जाने टोलीको टुंगो लाग्न सकेको छैन । सभामुखका उम्मेदवार र सरकारमा जानेहरू तय गर्न अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समितिको बैठक निष्कर्षविहीन भयो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ – शुक्रबार हुने सभामुखको निर्वाचनका लागि बिहीबार २ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ । ‘छलफल जारी छ तर टुंगिसकेको छैन । भोलि बिहान फेरि स्थायी समिति बैठक बसेर टुंग्याउने कुरा भएको छ,’ स्थायी समिति सदस्य अग्नि सापकोटाले बुधबार भने । एमाओवादीले सभामुख, उपराष्ट्रपति र उपप्रधान तथा गृहमन्त्रीसहित ८ मन्त्रालय लिने गरी एमालेसँग सहमति भएको दाबी गरेको छ । एमाओवादीबाट कृषिमन्त्रीका रूपमा हरिबोल गजुरेलले सोमबारै शपथ लिए पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने र को–को मन्त्री बन्ने टुंगो लागेको छैन । एमाओवादीले यसअघि सभामुखमा महासचिव कृष्णबहादुर महरालाई अघि बढाउने तयारी गरे पनि उनी इच्छुक छैनन् । महरालाई सभामुखमा पठाएर पार्टीबाट सरकारको नेतृत्व गर्न वरिष्ठ नेता बाबुराम भट्टराई पार्टीमा छँदा उनका ‘खास’ मानिएका सचिव टोपबहादुर रायमाझीलाई पठाउने तयारी थियो । तर महराले सभामुखभन्दा उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टीबाट सरकारमा आफैंले नेतृत्व गर्ने इच्छा देखाएपछि अध्यक्ष दाहाल अप्ठ्यारोमा परेका छन् । सभामुख बन्दा पार्टी महासचिव पनि त्याग्नुपर्ने र राजनीतिक ‘करिअर’ बिग्रने भन्दै महराले अनिच्छा व्यक्त गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending