Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

भारतीय विदेशसचिवसँग परराष्ट्रमन्त्री कमल थापा आक्रोशित

काठमाडौं । ‘नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ?’ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेशसचिव एस जयशंकरले ठाडै प्रश्न गरे । जबाफमा थापाले भने, ‘आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैंले अग्रसरता लिइरहनुभएको छ । यो हाम्रो आन्तरिक मामिला चाँडै सुल्झाउने प्रयास गर्दैछौं ।’ नयाँदिल्लीस्थित होटल ओवरायमा आइतबार जयशंकरसँग भएको भेटमा परराष्ट्रमन्त्री थापाले संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता भइसकेको भन्दै राजनीतिक संवादबाटै समस्याको हल गर्ने प्रयास भइरहेको जानकारी पनि गराए । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ– थापाले नाकाबन्दी भन्ने शब्द उच्चारण नगरी भारतीय नाकाबाट मालवाहक ट्रक र पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रिन अवरोध हुँदा चाडपर्वको मुखमा नेपालले गहिरो संकट बेहोरिरहेको भन्दै ध्यानाकर्षण पनि गराए । भेटमा सहभागी एक नेपाली अधिकारीका अनुसार थापाले दसैं आउन केही दिन बाँकी भए पनि सीमानाकाबाट निर्बाध रूपमा पेट्रोलियम पदार्थ आउन नसक्दा जनताले संकट बेहोरिरहेको बताएका थिए । ‘वीरगन्ज नाका नेपालका लागि लाइफलाइन हो । तीन सातायता पेट्रोलियम पदार्थ कुनै पनि नाकाबाट नेपाल भित्रिन सकेको छैन,’ थापाले भने, ‘भारतीय नाकाबाट पेट्रोलियम पदार्थ उचित सुरक्षा प्रबन्धसहित भित्र्याउन पर्याप्त सुरक्षा दिन हामी तयार छौँ ।’ भारतीय विदेश सचिवले घोषित या अघोषित कुनै पनि खालको नाकाबन्दी नलगाएको दाबी गरेका थिए । \"kamal-thapa\"उनले मधेसी दलको आन्दोलनका बाबजुद पनि दिनहुँजसो भारतबाट केही ट्यांकर नेपालतिर तेल लिएर गइरहेको भन्दै आन्दोलन मत्थर भए भारतीय सीमा नाकामा रोकिएका गाडी सहज रूपमा जानसक्ने बताएका थिए । जयशंकरले भूकम्पपछिको पुनर्निर्माण तथा अघिल्लो वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका ऋण तथा अनुदान सहयोगहरूको कार्यान्वयन प्रगतिबारे पनि चासो देखाएका थिए । परराष्ट्रमन्त्री थापासहितको नेपाली प्रतिनिधिमण्डल भारतीय विदेशसचिवको प्रस्तुतिबाट रुष्ट बनेको छ । भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुर र काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसहित होटल पुगेको भारतीय टोलीको सुरुआती प्रस्तुतिबाटै नेपाली पक्षले असहज महसुस गर्‍यो । भेटपछि आक्रोशित मुद्रामा देखिएका परराष्ट्रमन्त्री थापाले भने, ‘अहिलेको भारतसँगको समस्या हाम्रा लागिमात्र नभएर भारतीयहरूलाई पनि उत्तिकै घाटा हुने खालको हो ।’ परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आइतबार नै हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटमा स्वराजले नेपाललाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको भन्दै अहिले देखिएको मधेस समस्याको समाधान नेपाल आफैंले खोज्नुपर्ने बताइन् । थापाले भारतसँग सम्बन्ध बिग्रन नहुनेमा नेपाल सरकार सचेत रहेको बताएका थिए । भारतीय विदेश मन्त्रालयका एक अधिकारीका अनुसार विदेशमन्त्री स्वराजले मधेसमा जारी आन्दोलन हल भए सीमानाका शान्त हुने अनि यातायात आवागमन र भारतबाट इन्धन आपूर्ति आफैं सहज हुने बताएकी थिइन् । उनले संविधान समावेशी नहुँदा समस्या आउन सक्ने भारतले पहिल्यै सचेत गराएको पनि बताइन् । परराष्ट्रमन्त्री थापाले मधेसी दललाई वार्तामा आउन आह्वान गरिसकेको तर ठ्याक्कै कहिले समस्या समाधान हुन्छ भन्ने ठोकुवा गर्न नसकिने प्रतिक्रिया दिए । स्रोतका अनुसार थापाले द्विपक्षीय वार्तापछि स्वराजसँग एक्लै पनि भेटवार्ता गरे । परराष्ट्रमन्त्री थापाले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि आइतबार नै भेटी चिसिएको नेपाल–भारत सम्बन्धबाट नेपाली जनताले दुःख पाइरहेको भन्दै ध्यानाकर्षण गराए । थापाले संविधान संशोधनबाट मधेसी दललाई मूलधारमा ल्याइने बताएका थिए । वार्तापछि ट्विट गर्दै गृहमन्त्री सिंहले नेपाल र भारतबीचका जल्दाबल्दा मुद्दालगायत विषयमा छलफल भएको जानकारी दिएका छन् । ‘भारत र नेपाल दक्षिण एसियामा स्थिरता, शान्ति र समृद्धिलाई मजबुत पार्न सदैव प्रतिबद्द छन्,’ उनले भनेका छन् । थापाले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट गरे । नेपाली टोलीमा संलग्न अधिकारीले आइतबार भएका भेटमा भारतीय अधिकारीहरू नेपालको समस्या र इन्धन संकटप्रति सहज रूपमा प्रस्तुत नभएको बताए । ‘भोलि प्रधानमन्त्री मोदीसँग हुने भेटपछि मात्रै नाकाबन्दी हट्नेबारे केही भन्न सकिएला,’ ती अधिकारीले भने । विदेशमन्त्री स्वराजको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार बिहान भेट्ने भएका छन् । भारतीय विदेश मन्त्रालयका अधिकारीले थापाको भ्रमणपछि द्विपक्षीय संयुक्त वक्तव्य जारी हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE