Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

चीनले बनायो तिब्बतकै ठूलो आयोजना

कार्तिक । चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ —नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।
बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।
जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।
यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो। सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending