Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

सभासद् बनाउन झलनाथ खनालले ५ करोड मागेको खुलासा

\"khanal\"काठमाडाैं । एमालेकी सभासद् राज्यलक्ष्मी गोल्छाले तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले सभासद्को सिटबापत आफूसँग पाँच करोड रुपैयाँ मागेको खुलासा गरेकी छन्।
 अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–सभासद् बनाउनुअघि आफूसँग खनालले त्यति रकम मागेको गोल्छाले बताएकी हुन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर उनले एमाले पार्टीलाई आफूले विभिन्न चरणमा सात करोड रुपैयाँभन्दा बढी रकम दिइसकेको दाबी गरिन्।
\'केन्द्रीयदेखि स्थानीय नेता र पार्टीलाई निकै आर्थिक सहयोग गरेकी छु\', गोल्छाले भनिन्, \'आर्थिक सहयोगको हिसाब गर्ने हो भने सात करोड रुपैयाँभन्दा बढी छ।\' प्रधानमन्त्री निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुँदा मतदान गर्न संसद्मा उपस्थित नभएको भन्दै सभासद् पदबाट राजीनामा गर्न उनलाई एमाले नेतृत्वले चर्को दबाब दिएको थियो।
\'कुनै पनि हालतमा सभासद् पदबाट राजीनामा दिन्‍नँ, उनले भनिन्, ‘मलाई के कारणले सभासद् पदबाट हटाइन लागेको हो, त्यसको प्रस्टीकरण पार्टीले दिनुपर्छ।\' उनले प्रधानमन्त्री निर्वाचनका बेला आफू उपचारका क्रममा भारतमा रहेको र त्यसबारे पार्टी अध्यक्ष ओली र सचेतक अग्नि खरेललाई जानकारी गराएको बताइन्।
आफूलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा गर्न भनिएको दुखेसो गोल्छाले पोखिन्।उनले पार्टी नेताहरू गोकर्ण बिष्ट, सभासद् ऋषिकेश पोखरेल, युवा संघका उपाध्यक्ष गोविन्द थापा, योगेश भट्टराई, प्रदीप ज्ञवालीलगायतले पटकपटक फोन गरेर राजीनामा दिन दबाब दिएको आरोप पनि लगाइन्।
गोल्छाले आफूले सभासद् कोष र पारि श्रमिकबापतको रकम पनि पार्टीलाई नै दिने गरेको प्रस्ट पारिन्। उनले आफूबाट पैसा लिएका नेताहरूको नामावली सार्वजनिक गर्ने संकेत गरेकी छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending