Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नेपाल बायुसेवाको बोइङ उडेको १० मिनेटमै आकस्मिक अवतरण

\"Boing757\"काठमाडौं । आइतबार राति दोहाकालागि उडेको नेपाल वायुसेवा निगमको जहाजको प्रेसर सिस्टममा एक्कासि खराबी आएपछि काठमाडौंमै ‘आकस्मीक अवतरण’ गर्नु परेको छ । राति साढे ११ बजे काठमाडौंबाट दोहाका लागि ९५ जना यात्रु बोकेर उडेको बोइङ्ग ७५७ (नाइन एन एसीबी० विमान १२ हजार फिट उचाईमा पुगेपछि प्रेसर कन्ट्रोल सिस्टममा खराबी आएको थियो ।   निगमको इन्जिनियरीङ्ग विभागका अनुसार, काठमान्डुबाट टेक(अफ गरेको १० मिनेटपछि जहाजभित्रको प्रेसर सिस्टममा खराबी देखिएको थियो । ककपिटमा संकेत देखिएपछि जहाज उडाइरहेका क्याप्टेन एसएस राई र सोनी राणाले जहाजलाई ‘र्‍यापीड डिसेन्ट’ गरी काठमान्डु नै फर्काएका थिए । उडिरहेको जहाजभित्र ८ हजार फिट उचाईमा हुने प्रेसर कायम गराइराख्नुपर्छ । यो प्रेसरमा यात्रुले सहज महशुश गरीरहेका हुन्छन् । प्रेसर प्रणालीमा खराबी आए जहाजभित्र यात्रुहरुले असहज महशुश गर्छन् । श्वास प्रश्वाससका बिरामी, बृद्धबृद्धा, बालबालीकाहरुलाई सास फेर्न गाहृो हुन्छ ।   इन्जिनियरीङ्ग स्रोतका अनुसार, प्रेसर प्रणालीमा खराबी देखिनेबितिकै चालकदलले ‘र्‍यापिड डिसेन्ट’ गरेका थिए । यो भनेको जहाजलाई उचाईबाट दु्रत गतीमा तल झार्ने प्रक्रिया हो । प्रेसर प्रणाली बिग्रेको अवस्थामा र्‍यापिड डिसेन्ट नगर्दा यात्रुहरुको कान दुख्ने, रगत बग्ने लक्षण पनि हुन्छ । आइतबार केही यात्रुमा पनि यस्तो समस्या देखियो । ‘१५ जना यात्रुको नाक, कान समस्या लगायत बिसञ्चो भएको रहेछ । राति नै सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचार गराइयो’ निगमका प्रवक्ता रामहरी शर्माले भने । उनका अनुसार, यात्रुहरुको चेकजाँचपछी राती नै चिकित्सकले सामान्य उपचार गराइ फर्काइदिएका थिए ।   निगमले दोहाकालागी उडेका ९५ जना यात्रुमध्ये बिसञ्चो भएका र सामान्य अवस्थामा रहेका सबै यात्रुहरुलाई राति होटलमा राखेको थियो । बिरामी यात्रुहरुलाई सोमबार फलोअप चेकअप गरीएको थियो । उक्त चेकअपका क्रममा चिकित्सकहरुले सबैको अवस्था सामान्य रहेको बताएका छन् । बिरामी परेकासहित सबै यात्रु सोमबार राति साढे ११ बजे दोहा उडे ।   यसैबिच प्रेसर प्रणालीमा खराबी आएको जहाजलाई निगमका इन्जिनियरहरुले सोमबार मर्मत गरेका छन् । हाल भारतको कलकत्ताबाट हवाई इन्धन समेत आयत गरीरहेको जहाज सोमबार दोहा उड्नुअघि इन्धन लिन कलकत्ता पुगेको थियो । निगमका एक इन्जिनियरका अनुसार, बोइङ्ग ७५७ मा देखीएको यो समस्या पहिलो पटक हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending