Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

पक्राउ परेका छोटा राजनको ‘नेपाल कनेक्सन’ यस्तो छ

\"Chotaकाठमाडौं । भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन करिब २० वर्ष फरार भएपछि आइतबार इन्डोनेसियाको बालीमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा राजनलाई इन्डोनेसियन प्रहरीले पक्राउ गरेको हो ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–राजेन्द्र सदाशिव निकाल्जी वास्तविक नाम भएका राजनको नेपालमा पनि धेरैवटा घटनामा कनेक्सन रहेको प्रहरी अधिकारी बताउँछन् । विभिन्न घटनाको अनुसन्धानमा राजन समूहको कनेक्सन देखिएको थियो । छोटा राजनको नेपाल कनेक्सन २६ माघ ०६६ मा लाजिम्पाटको सडकमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाहको दुई भारतीय सुटरले गोली हानी हत्या गरे । हत्याको केही समयमै भरत नेपाली नामका व्यक्तिले शाहद्वारा सञ्चालित च्यानल नेपालमा फोन गरी हत्याको जिम्मेवारी लिएका थिए । शाह दाउद इब्राहिमसँग निकट भएको भन्दै हत्या गरिएको भरत नेपालीको दाबी थियो । नेपाली तिनै व्यक्ति हुन् जो दाउदका दुस्मन डन छोटा राजन समूहका एक प्रमुख सदस्य हुन् । छोटा राजनकै समूहले शाहको हत्या गरेको थियो । पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको उल्लेख छ । जमिम शाह मात्र होइन, नेपालका अरू धेरै हत्याकाण्डमा भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन समूहको संलग्नता रहेको छानबिन समितिले देखाएको छ । मुम्बई अन्डरवल्र्डमा सुरुमा दाउदको समूहमा बसेर काम गरेका राजन सन् १९९३ को मुम्बई ब्लास्टपछि छुट्टिएका हुन् । राजन र दाउदको ग्याङवारमा नेपालीहरूको समेत हत्या हँुदै आएको छ । राप्रपाका पूर्वसांसद मिर्जा दिलसाद वेगको १५ असार ०५५ मा काठमाडौंको सिफलमा गोली हानी हत्या भएको थियो । सो घटनामा पनि छोटा राजन समूहको हात थियो । छानबिन समितिले पनि वेगले दाउदका लागि काम गरेको भन्दै छोटा राजन समूहले नै हत्या गरेको प्रतिवेदन बनाएको थियो । त्यस्तै, २६ फागुन ०६७ मा युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय नागरिक मनमित सिंहले गोली हाने । जमिमलाई हत्या गर्ने समूहले नै उनलाई गोली हानेको छानबिनमा खुलेको थियो । घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको हत्यामा पनि सोही समूहको संलग्नता देखियो । ९ असोज ०६८ मा अहमदको गोली हानी हत्या गरिएको थियो । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी अध्यक्षताको न्यायिक छानबिन आयोगले मिर्जा तथा जमिमलाई हत्या गर्ने समूहले नै अहमदको हत्या गरेको खुलाएको थियो । प्रहरीका अनुसार एक नेपाली युवकले छोटा राजनकै समूहमा रहेर काम गरेका थिए । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका कमलसिंह नेपाली छोटा राजनकै समूहबाट काठमाडौंमा मारिएका थिए । सुरुमा छोटा राजनको समूहका लागि काम गरेका उनी पछि दाउद समूहमा आबद्ध भएका थिए । दाउद समूहको निर्देशनमा पछि राजन समूहका बाल ढाप्रेको हत्या गरेको प्रतिशोधमा उनी २४ भदौ ०६३ मा बानेश्वरमा मारिएका थिए । उनका हत्यारा पनि पक्राउ परेका छैनन् । मिर्जाको हत्या योजना छोटा राजन आफैँले बनाएको र अन्त्यमा राजनका दाहिने हात मानिने बब्लु श्रीवास्तवले नेतृत्व गरेका थिए । भारतीय जेलमा रहेका उनलाई भारतीय सरकारले नै सहयोग गर्दै आएको आरोप छ । श्रीवास्तवको निर्देशनमा बब्लु भन्ने त्रिलोक सिंह, भरत नेपाली, हैदरलगायतका व्यक्तिले योजना बनाएर नेपालमा हाइप्रोफाइलको हत्या गर्दै आएका थिए । बब्लु श्रीवास्तवद्वारा लिखित पुस्तक ‘अधुरा ख्वाब’मा पनि जमिम, युनुस, मिर्जालगायतका व्यक्ति दाउदको सहयोगी भएको र उनीहरूलाई शत्रुका रूपमा उल्लेख गरिएको थियो । सुरुमा मुम्बईमा एउटै समूहमा काम गरेका दाउद र छोटा राजन सन् १९९३ बाट छुट्टिएका हुन् । सन् १९९२ मा राजनका निकट केही व्यक्तिको दाउदका सहयोगीले हत्या गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो । पछि १९९३ मा दुई सय ५७ जनाको ज्यान जाने गरी मुम्बईमा भएको विस्फोटपछि दाउदसँग असहमत हुँदै राजन छुट्टिएका थिए । त्यसपछि दुई समूहबीच ग्याङवार चल्दै आएको छ । मुम्बई विस्फोटपछि दाउद भारतमा मोस्ट वान्टेड रहँदै आए पनि पक्राउ परेका छैनन् । दाउदलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप भारतले लगाउँदै आएको छ । राजनका सहयोगी बब्लु श्रीवास्तवले भारतीय प्रहरीकै सहयोगमा दाउदनिकट व्यक्तिहरूको हत्या गरेको भन्ने आरोप लाग्दै आएको छ । दाउदसँग मिलेर नक्कली नोटको कारोबार गरेको आरोपमा केही नेपालीको पनि बब्लुकै निर्देशनमा हत्या भएको छानबिन समितिहरूले बाहिर ल्याइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE