Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

‘राष्ट्रपतिकै अगाडि पेस्तोल देखाएर सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइयो’

\"yadauकाठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालाई बन्दुक देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाइएको एक नेताले बताएका छन् । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे ‘रोहित’ले पेस्तोल तेस्र्याएर सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको बताएका हुन् ।   अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–भक्तपुरमा नेपाल साहित्य सम्मेलनलाई सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा. रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइएको बताएका हुन् ।   ‘राष्ट्रपति डा. रामवरण यादवकै निवास शीतलनिवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’ उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारी अनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेस्र्याइएको थियो ।’
दक्षिणले सुशील कोइरालाले उम्मेदवारी दिए आन्दोलनमा रहेका मधेसी दलको समर्थन जुटाउने बताएको र सोहीअनुसार मधेस केन्द्रित दलहरू प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कोइरालालाई नै मतदान गरेको बिजुक्छेको भनाइ थियो।उनले नेपाल र नेपाली नेताहरूलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोसमेत टिप्पणी गरे।
\'नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ\', बिजुक्छेले भने, \'भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार छैन। यस्तो भारतको थिचोमिचोविरुद्ध युवा पुस्ता जाग्नुपर्छ।\'
उनले भारतले लगाएको नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गरे।त्यस्तै ग्यासको सट्टा विद्युत्बाट खाना पकाउन जनतालाई बिजुलीको शुल्क सस्तो गर्नसमेत बिजुक्छेले सरकारसँग माग गरेका छन्।
उनले भारतीय उत्पादन तथा वस्तु बहिष्कार गरेर उसको नाकाबन्दीको जबाफ दिन जनतालाई पनि आह्वान गरेका छन्।\'भारतीय नाकाबन्दीविरुद्ध जनताले पनि भारतीय उत्पादन र वस्तु बहिष्कार गर्नुपर्छ\', उनले भने,\'भारतीयभन्दा चिनियाँ उत्पादन तथा वस्तु सस्तो र राम्रो छ। त्यसैले चिनियाँ उत्पादन र वस्तु प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ।\'
उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भरपर्दा अहिले समस्या भएकोले दीर्घकालीन रूपमै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बन्दोबस्त गर्नुपर्नेमा जोड दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending