Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

विद्या भण्डारी : कांग्रेस परिवारकी एक्ली कम्युनिस्ट

\"cadinates\" काठमाडाैं । पञ्चायतकालमा गुराँसे र बहुदल आएपछि आम्बोटे भनिने ठाउँमा जन्मिएकी हुन् विद्या भण्डारी । यो भोजपुरको दक्षिणी मानेभन्ज्याङ गाविस– २ मा पर्छ । आफ्नै बाजेले गाउँमा खोलेको विद्यालयमा पढेकी विद्याले ७ कक्षा पढ्न सुरु गरेसँगै राजनीति सुरु गरेकी थिइन् । उनको घरमा राजनीतिक वातावरण थियो । उनका बाजे गाउँका प्रधानपञ्च थिए । बडाबाउ कृष्णमोहन पाण्डे बैकुण्ठे गाविसको प्रधानपञ्च भएका थिए । चार काकामध्ये खगेन्द्र पाण्डे मानेभन्ज्याङ गाविसका प्रधानपञ्च, योगेन्द्र पाण्डे जिविस सदस्य, जगिन्द्र पाण्डे तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पिए र राजेन्द्र पाण्डे नेविसंघको जिल्ला अध्यक्ष भए । घरमा राजनीतिक माहोल रहे पनि खगेन्द्रबाहेक सबै काका–बडाबाउ कांग्रेसी राजनीतिमा थिए । काका खगेन्द्र र उनले मात्र त्यस घरबाट वामपन्थी राजनीति गरेका थिए । उनका बाबु कुलुङ गाविसस्थित वीरेन्द्र हाई स्कुलका प्रधानाध्यापक थिए । उनका बाबुले त्रिचन्द्र कलेजबाट स्नातक गरेका थिए । बाबुको निधन र राजनीति बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । उनको जन्म ५ असार ०१८ मा भएको हो । उनी ९–१० वर्षकी हुँदा बाबुको निधन भएको थियो । त्यसवेला उनी ४ कक्षामा पढ्थिन् । बाबुको निधन भएपछि उनी तराईतिर काकाको घरमा गएर एक वर्ष पढेर फेरि गाउँकै निम्न माध्यमिक विद्यालयमा भर्ना भइन् । गाउँमा ७ कक्षासम्म पढेपछि सदरमुकाममा रहेको विद्योदय हाई स्कुलमा भर्ना भएकी उनले त्यही स्कुलबाट एसएलसी पास गरिन् । ०२८ तिर झापा आन्दोलनको खुब चर्चा थियो । त्यसैताका उनका काका खगेन्द्र पनि कम्युनिस्ट थिए । उनैले चिनियाँ क्रान्ति, माओत्से तुङको जनवादी क्रान्ति, कम्युनिस्टहरूले कसरी देश विकास गर्छन् र जनताले सुख पाउँछन् भन्ने कुरा बताएपछि उनी कम्युनिस्ट पार्टीमा लागेकी हुन् । ०३३ तिर पूर्वमा क्रियाशील ‘पूर्वको रातो झन्डा’ समूहका साथीहरूसँग उनको सम्पर्क स्थापित भयो, जसले उनलाई खाँटी कम्युनिस्ट हुन सघायो । एसएलसीपछि क्याम्पस पढ्न सुरु गर्दा ०३५ मा नेकपा मालेको स्थापना भयो । नेपालमा नयाँ क्रान्तिकारी पार्टी स्थापना भएको भन्दै छापिएको पर्चा उनले भोजपुरभरि छरेकी थिइन् । त्यसवेला थोरै महिला मात्र राजनीतिमा थिए । उनीसँगै राजनीति गर्नेहरू अहिले धेरैजसो निष्क्रिय छन् । परिवारका बाजेदेखि काका–बडाबाउ सबैले राजनीति गरे पनि उनको आफ्ना दाजुभाइ कसैले राजनीति गरेनन् । उनका दाजु तेजेन्द्र, टेकेन्द्र र भाइ डेगेन्द्र हाल अमेरिकामा बस्छन् । उनकी बहिनी पनि बाबुको निधनपछि विवाह नगरी आमाको साथमा मोरङको बाहुनीमा बस्दै आएकी छन् । कमरेड सागरसँग भेट राजनीतिक यात्राकै क्रममा मदन भण्डारीसँग उनको पहिलो भेट ०३६ मा भएको थियो । मदन भण्डारीले आफ्नो परिचय कमरेड सागर नामबाट दिएका थिए । उनलाई सागर नै मदन भण्डारी हो भन्ने थाहा थिएन । कार्यकर्ता प्रशिक्षण दिन मदन भण्डारी सागर बनेर भोजपुर आएका थिए । पछि बिस्तारै सम्बन्ध बढ्दै गयो । उनी र मदन भण्डारीबीच भोजपुरमा करिब दुईपटक मात्र भेट भएको थियो । तेस्रो भेट विराटनगरमा भएको थियो । उनीहरूबीच सम्बन्ध बढाउने काम भने हाल संघीय समाजवादी फोरमका वरिष्ठ नेता रहेका अशोक राईले गरेका थिए । उनले खाना खाने ठाउँ एकै स्थानमा बनाइदिनेदेखि बसमा यात्रा गर्दा पनि एकै स्थानमा सिट मिलाइदिने गर्थे । उनले मदनलाई विद्या भण्डारीबारे सबै भनेका थिए । अशोक राईलाई विद्या भण्डारी र उनको परिवारबारे राम्रो जानकारी थियो । मदन र विद्याबीच सम्बन्ध विस्तारदेखि विवाह गराउनसम्म अशोक राईको मुख्य भूमिका थियो । घरसँग सम्बन्धविच्छेद र विवाह उनी राजनीतिमा लागेको थाहा नपाउँदासम्म उनको घरपरिवारसँग सम्बन्ध राम्रो थियो । तर, अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं गएपछि भने घरका सबैले थाहा पाए । त्यो सम्मेलनमा उनी कलेजबाट प्रतिनिधि बनेकी थिइन् । घरमा थाहै नदिई सम्मेलनमा गएपछि उनका काका खगेन्द्र खोज्नलाई धरानसम्म पुगेका थिए । सम्मेलन सकाएर फर्केपछि भने परिवारसँगको सम्बन्ध चिसिँदै गयो । उनलाई विवाह गर्न दबाब बढ्न थाल्यो । त्यसैवेला पार्टीले पनि मदन भण्डारीसँग विवाह गर्ने प्रस्ताव ल्यायो । सुरुमा विवाह नगर्ने सोचमा रहेकी विद्या पार्टीले पटक–पटक कुरा उठाएपछि भने सोच्न बाध्य भइन्् । विवाहको कुरा चलेको दुई वर्षपछि पार्टीमा निवेदन दिइन् । पार्टीले सहमति दिएपछि ०३९ साउन २४ गते पार्टीकै व्यवस्थापनमा मदन भण्डारीसँग उनको विवाह भयो । उनी एक्लैको निर्णयमा विवाह भएको थियो । विवाहमा उनका माइती पक्षका कोही पनि सामेल थिएनन् । उनको आमासँगको भेट पनि ठूली छोरीको जन्म भएपछि मात्र भएको थियो । विवाहपछि उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भइन् । सोही वर्ष उनले स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा चुनाव जितिन् । काठमाडौं यात्रा र मदनको दुर्घटना विवाह गरेको करिब सात वर्षपछि ०४७ मा उनीहरू काठमाडौं छिरे । काठमाडौंमा राम्रोसँग स्थापित हुन नपाउँदै ०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि उनलाई घरपरिवार चलाउन निकै कठिन भयो । विवाहपछि भूमिगतकालमा मदन र विद्या लामो समय छुट्टिएर बसेका थिए । बहुदल आएपछि पनि लामो समय सँगै जीवन व्यतीत गर्न नियतिले दिएन । राजनीतिक यात्रा र अनुभव ०३५/३६ देखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले ०३७ देखि तत्कालीन नेकपा (माले) मा संगठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् । ०५० माघमा सम्पन्न उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ उनी विजयी भएकी थिइन् । ०५१ मा सम्पन्न मध्यावधि निर्वाचन र ०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा समेत काठमाडौं–२ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेल्दै आएकी छिन् । पछिल्लोपटक रक्षा मन्त्रालय कुशलतापूर्वक सम्हालेर उनी पहिलो महिला मन्त्रीका रूपमा स्थापित छिन् । ०५४ मा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा जित्नुहुन्छ : भाइ आशिष पाण्डे दिदीको त्याग र निरन्तर राजनीतिमा लगावकै कारण उहाँ नेपालको गरिमामय राष्ट्रपतिजस्तो पदमा उठ्नुभएको छ । यो हाम्रो परिवारका लागि खुसीको कुरा हो । पार्टीले पनि उहाँलाई सम्मान गरेर गरिमामय पदमा उठाएको छ । हामीलाई विश्वास छ, उहाँले जित्नुहुन्छ । उहाँ महिला भएर पनि राष्ट्रपतिमा उठ्नु भनेको चानचुने कुरा होइन । उहाँ एकल महिला पनि हो । उहाँप्रति देशले गर्व गर्नुपर्छ । उहाँलाई दलहरूले जिताउनुपर्छ । हामी उहाँलाई देशको पहिलो महिला राष्ट्रपति भएको देख्न चाहन्छौँ । उहाँले जित्नु भनेको आममहिलाको जित हो । हामी उहाँले जितेको समाचार सुन्न एकदमै आतुर छौँ । अाजकाे नयाँ पत्रिकाबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending