Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

चीनले भन्यो, ‘नेपालको इन्धन संकटलाई मुक्त गर्न सघाउँछौं’

\"China\"काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाललाई इन्धन संकटबाट मुक्त गराउने आश्वासन दिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङ्ले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन्।   \'नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले हामी गहिरो संवादमा छौुं, चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले भनिन्।चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा छलफलमा बसेका छन्। चीनसँग प्रारम्भिक वार्ता इन्धन संकटबारे नेपाल र चीनका उच्च सरकारी अधिकारीबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ। सोमबार बेइजिङ पुगेको आठ सदस्यीय नेपाली टोली र चिनियाँ विदेश मन्त्रालय एवं वाणिज्य मन्त्रालयका अधिकारीबीच एक घन्टा प्रारम्भिक छलफल भएको हो। दुई देशका वार्ताटोलीबीच अल्पकालीन र दीर्घकालीन रूपमा चीनबाट नेपालतर्फ पेट्रोल र ग्यास निर्यात गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा चिनियाँ अधिकारीले नेपालसँग दीर्घकालीन इन्धन सम्झौताका लागि आफ्ना आन्तरिक प्रक्रिया पूरा गर्न समय लाग्ने बताएका थिए। वार्तामा नेपालको प्रस्तावअनुसार एक हजार मेट्रिक टन इन्धन अनुदानमा उपलब्ध गराएकोमा नेपाली पक्षले धन्यवाद दिएको थियो।चीनसँग दीर्घकालीन इन्धन सम्झौता गर्ने या प्रारम्भिक समझदारी गर्ने भन्ने विषयमा केही दिनमा टुंगो लाग्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। टोलीले चिनियाँ पेट्रोलियम कर्पोरेसनका अधिकारी पनि अलग्गै भेट्ने कार्यक्रम छ। वार्तामा नेपालबाट परराष्ट्र, अर्थ, वाणिज्य मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभागका अधिकारी सहभागी थिए। वार्तापछि नेपाली टोलीले केरुङतर्फ इन्धन आइसकेकाले काठमाडौंबाट सक्दो चाँडो ट्यांकर पठाउन आग्रह गरेको थियो। आयल निगमले केरुङतर्फ ट्यांकर पठाउन प्रक्रिया थालिएको परराष्ट्रलाई जानकारी गराएको छ। टोली बेइजिङपछि चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नेछ। नेपाल सरकारकै आग्रहअनुसार चीनले एक हजार मेट्रिक टन इन्धन अनुदान सहायतास्वरूप उपलब्ध गराउने सहमति यसअघि नै भइसकेको छ। सोही सहमतिअनुसार केही दिनभित्रै उक्त परिमाणको इन्धन चीनको केरुङबाट रसुवागढी सीमानाका हुँदै नेपाल भित्रिनेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending